हेटौंडा क्याम्पसमा बिद्यार्थीको आकर्षण बढ्दै

हेटौंडा -हेटौंडाको पुरानो क्याम्पसको रुपमा परिचित हेटौंडा क्याम्पस प्रति सबै बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पहिलेको तुलनामा बिद्यार्थीहरु पनि निकै बृद्धि भएको पाइएको छ । सामुदायिक क्याम्पसको शिक्षालाई पनि कुनैपनि रोजगारीसंग बिकाउ हुनेगरी पढाउँदै लगिएको छ । हेटौंडा क्याम्पसका दुईजना बिद्यार्थीले बाह्य परिक्षामा टप हुन सफल भएका छन् । क्याम्पसको दशौँ क्याम्पस सभाका अबसरमा आयोजित कार्यक्रममा यसबारे प्रदेश सांसद तथा अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो ।
क्यामपसमा पढाई, अतिरिक्त कृयाकलाप, भवन निर्माण, परीक्षा गुणस्तरिय जस्ता कृयाकलापलाई बढी जोड दिइएको छ । चालु आर्थिक बर्षमा २ करोड २५ लाख ६५ हजार रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य क्याम्पसको छ । यो बिचमा गरिब, जेहेन्दार, दलित, जनजाती लगायत गरी एक सय ७९ जना बिद्यार्थीलाई क्याम्पसले छात्रबृत्ति समेत प्रदान गरेको छ । परीक्षामा टप गर्ने १४ जना बिद्यार्थीलाई पनि छात्रबृत्ति प्रदान गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । बाह्य परीक्षामा टप गर्ने २ जना बिद्यार्थीलाई पनि बिशेष छात्रबृत्ति प्रदान गरिएको छ ।
क्याम्पसका दुईवटा भवन रहेका छन् । ५७ जना प्राध्यापकहरुले अध्यापन गराउँदै आएका छन् । क्याम्पस सभाको उद्घाटन गर्दै तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश ढुंगेलले अहिलेको समायमा बेरोजगार उत्पादन गर्ने भन्दा पनि रोजगारी मुलक शिक्षा आवस्यक रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा बजेट छुट्याउन र सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । अहिलेको शिक्षाबाट धेरै युवाहरु बिदेशीन बाध्य भएपनि अब नेपालमानै रोजगारी दिनेगरी शिक्षामा गुणस्तरियता आउनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेकपा मकवानपुरका नेता बद्री लंसाल, नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, लगायतकाको आतिथ्यता रहेको थियो ।