यातायात व्यवसायीले छुट नदिएको गुनासो

हेटौंडा/नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धि सार्वजनिक यातायातमा ४५ प्रतिशत विद्यार्थी छुटको विषयलाई लिएर फागुन २७ गते जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी र यातायात व्यवसायी तथा सम्बन्धित पक्षबीच बैठक बसी विद्यार्थीलाई यातयातमा परिचयपत्रका आधारमा छुट दिने सहमति भएको थियो ।
तर, केही यातायात व्यवसायीले छुट नदि“दा समस्या सिर्जना भएको भन्दै २७ गते जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी, यातायात व्यवसायी तथा सम्बन्धित पक्षबीच बैठकको निर्णय कार्यान्वयन माग गर्दै जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङस“ग छुट्टाछुट्टै छलफल गरिएको छ ।
बैठकमा अनेरास्ववियु पूर्वअध्यक्ष शिवहरि दाहाल, अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी कोषाध्यक्ष विशाल पौडेल, जिल्ला सचिवालय सदस्य प्रमोद फ“ुयाल, अनेरास्ववियु क्रान्तिकारी मकवानपुर क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी, सज्जन ढकाल, सागर लम्साल, शिव चौहान, प्रकाश तामाङ, सन्तोषी पुडासैनी, सुजन ढुंगानालगायतको उपस्थितिमा थप छलफल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सम्बन्धित निकायलाई उक्त सहमति कार्यान्वयनका लागि पत्राचार गरेको छ ।