सञ्चारमाध्यम जनताको मुखपत्र’

नेपाल टेलिभिजनपछि गोरखापत्र दैनिकले प्रदेश–३ भरका आफ्ना संवाददातालाई हेटौंडामा दुई दिन प्रशिक्षण दिएर निजी पत्रपत्रिकास“ग प्रतिस्पर्धाका लागि तयार रहन आग्रह गरेको हो ।
जनपत्र
१५ चैत्र २०७५, शुक्रबार १९:२३

हेटौंडा / सरकारीस्तरबाट सञ्चालित सञ्चारमाध्यम निजी सञ्चारमाध्यमस“ग प्रतिस्पर्धा गर्न तयार भएका छन् । नेपाल टेलिभिजनपछि गोरखापत्र दैनिकले प्रदेश–३ भरका आफ्ना संवाददातालाई हेटौंडामा दुई दिन प्रशिक्षण दिएर निजी पत्रपत्रिकास“ग प्रतिस्पर्धाका लागि तयार रहन आग्रह गरेको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रलाई अब सरकारी मुखपत्र भन्दा पनि जनताको मुखपत्र बनाइने बताए । हिजोका रुपमा भन्दा पनि आजको गतिशीलढंगले अगाडि बढ्न संवाददाताहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले देश संघीयतामा गएको अवस्थामा ऐनकानुन निर्माणबारे सुसूचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । सभामुख श्रेष्ठले जनतालाई ऐनकानुन निर्माण प्रक्रियाबारे जानकारी हुने नहु“दा सुसूचित गर्ने महत्वपूर्ण भूमिका सञ्चारमाध्यमको हुने बताए ।
उनले बनेका ऐनकानुन जनहितमा नभए संशोधन गर्न सकिने भएकोले यसबारे जनतालाई अवगत गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेश सरकार गठनको एक वर्षमा २४ वटा ऐन बनेको भन्दै उनले ऐन बनाउने काम हतारमा गर्न नहुने बताए । सल्लाहकार सम्पादक गोपाल खनालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*