कविताः पुतली

पुतली
रुवस पराजुली
कक्षा २
जी एस निकेतन मावि हेटौंडा, मकवानपुर
पुतलीले खान्छन नी
फुलको रस चुसी
घरी घरी बारीमा
रमाउँछन उडी उडी ।
पुतलीका हुन्छन् नी
रङ्गीचङ्गी पँखेटा
किन होला उनीहरु
लगाउँदैनन कपडा ।
पुतलीका रङ हुन्छन्
धेरै धेरै थरीका
रमाइ रमाइ नाचीरहने
रैछ तरीका ।
पुतली आउँछन उडेर
बारी बारी हाम्रो
खेल्न पाउँदा सँगै मलाइ
लाग्छ धेरै राम्रो ।