उपाधि संघर्षमा आयोजक र क्यामरुनी क्लब

जनपत्र
१५ चैत्र २०७५, शुक्रबार १९:१५

हेटौंडा / हेटौंडामा जारी दोस्रो संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको फाइनल आज शनिवार हु“दैछ । फाइनलमा आयोजक मकवानपुर–११ र क्यामरुनी क्लब डाफिन्सले उपाधिका लागि संघर्ष गर्दैछन् ।

बनविज्ञान अध्ययन संस्थानस्थित खेलमैदानमा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा आयोजक मकवानपुर र डाफिन्स दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले डाफिन्सलाई हराएर उपाधि जित्ने दाबी गरे । ‘घरेलु मैदानमा खेल्दैछौं । जितको लागि संघर्ष गर्नेछौं । हामीस“ग उपाधि जित्ने आ“ट छ,’ पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने ।

शारीरिकरुपमा डाफिन्सका खेलाडी बलियो भएको भन्दै प्रशिक्षक श्रेष्ठले मकवानपुर पनि बलियो भएर फाइनलमा उत्रिने बताए । उनले रेफ्रीको उचित निर्णयले खेल राम्रो हुने बताए । बिहीवार थ्रीस्टार र डाफिन्सबीचको दोस्रो सेमिफाइनलमा केही विवाद भएको थियो । ‘खेलाडी अनुशासित भएर खेल्छन् । तर, दर्शकहरु घरेलु टिमको समर्थनका कारण उत्तेजित हुनसक्छन्,’ श्रेष्ठले भने ।
मकवानपुरका कप्तान अशोक बरालले खेलमा शारीरिकरुपमा बलियो भएरमात्र नपुग्ने भन्दै प्राविधिकरुपमा पनि बलियो हुनुपर्ने बताए । उनले डाफिन्स शारीरिकरुपमा बलियो भए मकवानपुर प्राविधिकरुपमा बलियो भएको बताए । मकवानपुरेलाई उपाधि जितेर खुशी बनाउने कप्तान बरालले सुनाए ।
डाफिन्सका टिम व्यवस्थापक आशिक थापामगरले उपाधि जित्नकै लागि मकवानपुर गोल्डकप आएको बताए । कप्तान एंगमा एंगोलले प्रतिद्वन्द्वीको सम्मान गरेको बताए । ‘फाइनलमा उपाधि जित्ने छौं । अर्को टिमलाई सम्मान गर्छु । अर्को टिम बलियो छ,’ एंगोलले भने ।

दोस्रो सेमिफाइनलमा बलियो थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डाफिन्सले फाइनलमा आयोजकस“गको भेट पक्का गरेको हो । डाफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएस“गै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
उद्घाटन खेलमा काठमाडौंको मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोेलअन्तरले पराजित गर्दै सफलताको पहिलो पाइला चालेको घरेलु टोली मकवानपुरले बुधबार नेपालको चर्चित विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो ।

दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति ‘मकवानपुर गोल्डकप’ मा आयोजकले पुलिसलाई १–० को झीनो अन्तरले हराएर आफ्नो शान गर्विलो बनाएको छ । मच्छिन्द्रलाई पराजित गरेपछि मकवानपुरले सेमिफाइनल प्रवेश पाएको थियो । फाइनल यात्रा तय गर्ने क्रममा डाफिन्सले सशस्त्र प्रहरीको एपीएफ र थ्रीस्टार क्लबको चुनौती पन्छाएको थियो । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।

प्रतियोगिताको उपाधि कसले जित्छ भन्ने निश्चय छैन । प्रतियोगिता विजेताले नगद आठ लाख रुपिया“ र उपविजेताले नगद चार लाख रुपिया“ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*