प्रदेश –३ सरकार द्धारा द्वन्द्वप्रभावितलाई ५ करोड सहायता

हेटौंडा / प्रदेश–३ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले द्वन्द्वप्रभावित परिवारलाई सहयोग गर्न पा“च करोड रुपिया“ बराबर सहायता गर्ने भएको छ ।
नीतिगतरुपमा प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले द्वन्द्वप्रभावितलाई सहयोग गर्ने कार्यक्रम स्वीकृत गरिसकेको छ । मन्त्रालयले आफ्नो मन्त्रालयको परिचय र द्वन्द्वप्रभावित परिवारलाई सहायता बितरण सम्बन्धमा अन्तक्र्रिया राखेर यसबारे जानकारी गराएको छ ।
मन्त्रालयले लोकतान्त्रिक गणतन्त्रप्राप्तिको आन्दोलनमा बेपत्ता भएका, घाइते, अपांगता भएका व्यक्ति, द्वन्द्वप्रभावित परिवारलाई शिक्षा, स्वास्थ्य, सिपलगायत क्षेत्रमा खर्च गरिने मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले बताए । मन्त्रालयले द्वन्द्वप्रभावित परिवारलाई सहायता कार्यक्रम, उनीहरुका निम्ति उपचार, प्रभावित परिवारको स्वास्थ्य बिमा, २५ हजार बराबरको स्वास्थ्योपचारको तयारी गरेको छ ।
द्वन्द्वप्रभावित परिवारका २१ वर्षसम्मका बढीमा २ छोराछोरीलाई निबेदन मागका आधारमा छात्रवृति, माध्यमिक तहमा १० हजारसम्म, जोड दुईसम्म १२ हजार, स्नातक तहमा १२ हजार ५ सय रुपिया“ र विदेश पढ्न जाने छात्रछात्राको हकमा छात्रवृत्ति उपलब्ध गराउने तयारी भएको सचिव श्रेष्ठले बताए । सबै रकम स्थानीयस्तरबाट बितरणका लागि स्थानीय तहस्तरको समिति गठन गरिएको छ ।