नीति योजना आयोगमा थपिए दुई सदस्य

मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोग सदस्यमा डा. रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाललाई नियुक्त गरेको छ ।
जनपत्र
१५ चैत्र २०७५, शुक्रबार १८:५२

हेटौंडा / प्रदेश–३ को प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थपिएका छन् । यसअघि उपाध्यक्ष र सदस्यमात्र चयन भए पनि हाल दुई सदस्य थपिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोग सदस्यमा डा. रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाललाई नियुक्त गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको मन्त्रिपरिषद् बैठकले दुई सदस्य नियुक्त गर्ने निणय गरेको थियो ।
आयोग अध्यक्षमा मुख्यमन्त्री रहने व्यवस्था छ । सदस्य पा“च जना रहनेमा अझ एक जना नियुक्त गर्न बा“की रहेको उपाध्यक्ष डा. खिमलाल देबकोटाले बताए । दुई सदस्य चयन भएस“गै उनीहरुको कार्यकक्ष र कोठा तयारीका लागि कर्मचारी लागिपरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*