हेटौँडामा ७ वर्षसम्म बाबुद्वारा छोरीको बलात्कार

जनपत्र
१५ चैत्र २०७५, शुक्रबार १२:३५

हेटौँडा, १५ चैत । मकवानपुरको हेटौँडा ७ निवासी एक बाबुले आफ्नै छोरीलाई लगातार ७ वर्षदेखि बलात्कार गरेको घटनाको खुलासा भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ की १७ वर्षिय एक किशोरीलाई उनका ४८ वर्षीय बुवाले करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यो खबर आजको हेटौँडा सन्देश दैनिकमा प्रकाशित छ ।
प्रहरीका अनुसार पिडीतले सोमबार मुद्धा दर्ता गरेपश्चात सोही दिन पिडक बाबुलाई पक्राउ समेत गरिएको छ । पिडीतको मेडिकल टेष्टका लागि हेटौँडा अस्पतालमा पठाइएको छ । स्थानीयका अनुसार उनी चैत १ गते शुक्रबारबाट घरबाट विद्यालय पोशाकमा हिँडेकी थिईन् । हेटौँडा बसपार्कमा आफ्नो किताब तथा विद्यालय पोशाक छाडेर उनी कोहलपुरमा रहेको .फुपु दिदीको घर जान बस चढेकी थिईन् । उनलाई बसमा नै महिला सेलका प्रहरीले सोधपुछ गर्ने क्रममा घटना बाहिर आएको हो ।
किशोरीका बुवा करिब एक वर्षअघि वैदेशिक रोजगारका लागि गएका थिए । वैदेशिक रोजगारमा जानुअघि र फर्किएपछि पनि किशोरी पटक पटक बलात्कृत भएकी बताइएको छ । पिडीतकी आमाले उनलाई छाडेर गएका कारण आमा नभएपछि घरमा कसैले माया नगरेको र सौतेनी आमाले पनि कतिपटक त बाबुलाई जबरजस्ती करणी समेत गर्न लगाएको स्थानीयले आरोप समेत लगाएका छन् । पिडीत किशोरीले स्थानीयलाई बताए अनुसार दुई पटक सम्म उनले बाबुको गर्भ समेत बोकेको र सानी आमाले नै टाउको दुःखेको औषधी भन्दै गर्भ खेर जाने औषधी खुवाइएको पनि आरोप छ । पिडक बुवाले अरुलाई नभन्नु भन्दै किशोरीलाई धम्काएको पनि स्थानीय महिलाहरुले बताइएको छ । पिडकको नाम समेत प्रहरीले गोप्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*