हेटौंडालाई स्मार्ट सिटी बनाउने प्रस्ताव लगानी सम्मेलनमा प्रस्तुत गरिँदै, ३३ अर्बको स्मार्ट सिटी (पुरा पढ्नुहोस्)

जनपत्र
१५ चैत्र २०७५, शुक्रबार ०६:१४

हेटौंडालाई स्मार्ट सिटी बनाउने प्रस्ताव भोलिदेखि काठमाण्डौमा सुरु हुने लगानी सम्मेलनमा प्रस्तुत गरिने भएको छ ।

मकवानपुरको हेटौंडा सफा शहरको रुपमा परिचित छ । अब यसलाई स्मार्ट सिटीका रुपमा अगाडी बढाउन लगानी सम्मेलनमा प्रस्ताव लैजान लागिएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

स्मार्ट सिटी निर्माणका लागि चाहिने आवस्यक बजेट पहिले नै माग गरिरहेको र अब भने लगानी सम्मेलनमा यसलाई प्रस्तावका रुपमा लगिने मेयर महतको भनाई छ ।

हेटौंडालाई स्मार्ट सिटी बनाउन तीन सय मिलिएन डलर आवस्यक पर्ने अुनमान गरिएको छ । देशकै सफा शहरको रुपमा विकास भएको हेटौंडामा हरियाली बनाउने, फूलैफूलको शहरका रुपमा चिनाउने प्रयासहरु भइरहेको छ ।

स्मार्ट सिटी निर्माण गर्ने परियोजना पास भए सरकार, निजी क्षेत्र सबै मिलेर काम अघि बढाइनेछ । स्मार्ट सिटीका लागि धेरै रकम छुट्याउन आफुहरु तयार रहेको मेयर महतले बताउनु भएको छ ।

हेटौंडालाई स्मार्ट सिटी बनाउने सरकारको  यस्तो छ योजना
करिब ३३ अर्ब लगानीमा हेटौंडालाई स्मार्ट सिटी बनाउने योजना सरकारले यसअघि नै लगानी बोर्ड मार्फत सार्वजनिक गरेको छ । यो आयोजनामा विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् ।

स्मार्ट सिटीमा स्मार्ट भौतिक संरचना हुनुपर्ने बोर्डले जनाएको छ । सिटीको विशेषता भने साँस्कृतिक गाउँको झल्को दिने हुनुपर्नेछ ।

यस्तै स्मार्ट सिटीमा खुल्ला चौर तथा खेल मैदानको व्यवस्था हुनुपने पनि बोर्डले जनाएको छ । निजी सार्वजनिक साझेदारी ९पिपिपि० मोडलमा आधारित हुने जनाइएको छ । सरकारले स्मार्ट सिटीको लागि आवश्यक जमिन, पूर्वाधार तथा सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

निजी क्षेत्रले भने सिटीका लागि आवश्यक योजना, भवनहरुको डिजाइन तथा आर्थिक पक्ष उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार सिटीको निर्माण अवधि ७ वर्षको हुनेछ । सबैखाले आय भएका मानिसहरु बस्ने गरी सिटी निर्माण गरिनेछ ।

सिटीमा अनौपचारिक सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र समेत हुनेछ । यस्तै स्वदेशी तथा विदेशी पर्यटकका लागि सिटी भित्र होटेल, रेष्टुरेन्ट र रिसोर्ट हुनेछन् । सामाजिक पूर्वाधारको व्यवस्था सहित आधुनिक अस्पताल, विद्यालय तथा वृद्धवद्धाहरुको लागि उपयोगी स्थलहरु समेत हुनुपर्नेछ ।

आधुनिकता तथा आधुनिक शहर अनुरुप सञ्चालन हुने आधुनिक बस पार्क र बिजुलीका साधनहरु तथा चार्जङि स्थानहरु समेत हुनुपर्नेछ ।

सिटीमा प्राप्त फोहरलाई प्रविधिको प्रयोग गरी व्यवस्थापन गरिनेछ भने स्वच्छ पानीको समेत उपलब्धता गराउनुपर्ने छ । क्लिकमाण्डुको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*