अपाङगता भएकालाई हुइलचियर बितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ निवासी राजेन्द्र नेगीलाई हुइल चियर प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा २० हजार मूल्य बराबरको हुइल चियर हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले नेगीको आफ्नै निवासमा पुगेर प्रदान गर्नुभएको हो । विगत ३५ वर्षदेखि नेगी अशक्त थिए । जन्मजात नै उनी शारीरिक रुपमा अशक्त रहेका छन् । बिना हुइल चियर आफ्नो जिवनयापन गर्दै आइरहेका नेगीलाई उपमहानगरपालिकाको सहयोगमा हुइल चियर प्रदान गरिएको हो ।
हुइल चियरमा बसेपछि नेगी खुशि भएका छन् । आबाज पनि निकाल्न नसक्ने नेगीको हात खुट्टा नर्मल छैन । उनले आफ्नो खुट्टाले मोबाइल चलाउने तथा खुट्टाले नै आफ्नो हस्ताक्षर गर्ने र सामान्य लेख्ने पनि गरेका छन् । हेटौंडा–१५ गौरिटारको प्रणामी चोकमा नेगी बस्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीका अनुसार केहि समय अगाढी हेल्थ क्याम्प गर्दा उनी सम्पर्कमा आएका थिए । औपचारिक रुपमा भएको उक्त कार्यक्रममा हेटौंडा–१५ नम्बरका वडाअध्यक्ष महारत्न लामा, वडासदस्य पातलीमाया गोङबा, चुरियामाई स्वास्थ्य चौकिका लम्मण दाहाल लगायतको उपस्थिती थियो ।