हेटौंडालाई स्मार्ट सिटी बनाउन लगानी समेलनका लागि परियोजना छनौट

सफा, हरियाली, फूलैफूलको शहरका रुपमा चिनीएको हेटौंडालाई स्मार्ट सिटी बनाउन लमगियो ।
जनपत्र
१४ चैत्र २०७५, बिहीबार १७:३८

हेटौंडा । मकवानपुरको सुन्दर नगरी हेटौंडालाई स्मार्ट सिटी बनाउनका लागि भोलिदेखि काठमाण्डौमा आयोजान हुने लगानी समेलनमा प्रस्तुत गरिने भएको छ । हेटौंडा सफा सहरको रुपमा परिचित भएपनि अब भने स्मार्ट सिटीका रुपमा अगाडी बढाउनका लागि लगानी समेलनमा प्रस्ताबका रुपमा लैजान लागिएको हो ।

स्मार्ट सिटी निर्माणका लागि पहिलेदेखिनै यसलाई चाहिने आबस्यक बजेट माग गरिरहेको र अहिले भने लागनी समेलनमा यसलाई प्रस्ताबको रुपमा लगिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । हेटौंडालाई स्मार्ट सिटी निर्माण गर्नका लागि ३ सय मिलिएन डलर लाग्ने अुनमान गरिएको छ । देशमनै सफा सहरको रुपमा बिकाश भएको हेटौंडालाई हरियाली थप्ने, फूलैफूलले ढकमक्क पार्ने काम संगै अब स्मार्ट सिटीका लागि छलफलपछी लगानी समेलनमा पेस गर्न लागिएको छ ।

लगानी समेलनबाट हेटौंडालाई स्मार्ट सिटी निर्माण गर्ने परियोजना पास भएमा सरकार, निजी क्षेत्र सबैमिलेर काम गर्न सक्ने छन् । स्मार्ट सिटीका लागि आफुहरु पनि धेरै रकम छुट्याउन तयार रहेको मेयर महतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*