हेटौंडाका दृष्टिबिहीनले छडिको साहारा पाए

मकवानपुरका एक हजार दृष्टिबिहीनको संस्था बनाउन उपमहानगरपालिकाले जग्गा सहयोग गर्ने ।
जनपत्र
१४ चैत्र २०७५, बिहीबार १७:३३

हेटौंडा । बषौदेखि दृष्टिबिहीन भएर साहारा बिन बनेका हेटौडाका दृष्टिबिहीनहरुले आज साहारा पाएका छन् । हेटौंडाका १५ जना दृष्टिबिहीनहरुलाई उपमहानगरपालिकाले सहायक सामाग्रि बितरण गरेर सहारा दिएको हो । बिभीन्न उमेर समुहका दृष्टिबिहीनहरुलाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहायक सामाग्री स्वरुप सेतो छडि बितरण गर्नुभयो ।
बिकाश निर्माणमा सडक निर्माण, खानेपानी योजना लगायतका काम संगै सामाजिक क्षेत्रमा पनि आफुहरुले काम गरिएको मेयर महतले बताउनुभयो । दृष्टिबिहीनहरुलाई भवन निर्माण गर्नका लागि समेत आफुहरुले जग्गा दिन तयार रहेको उहाँले बताउनुभयो । हरेक क्षेत्रका नागरिकलाई सहयोग गरेसंगै दृष्टिबिहीनहरुलाई बिशेष रुपमा सहयोग गरिने उहाँको भनाई थियो ।
सेतो छडि पाएपछी दृष्टिबिहीनहरु ख्ुासी भएका छन् । सहारा बिहीनहरुको सहारामा सहयोग गरेकोमा आफुहरु खुसी भएको नेत्रहिन संघ मकवानपुरका अध्यक्ष तोराणबहादुर ओझाले बताउनुभयो । ह्ेटोंडा उपमहानगरपालिका वडानंम्बर १ को आयोजानमा सहायक सामाग्री बितरण गर्नुभयो । मकवानपुरमा ९ सय ९५ जना दृष्टिबिहिन रहेका छन् । त्यस मध्यमा धेरैजना सहारा बिहीन समेत रहेका छन् । दृष्टिबिहीनहरुलाई थोरै भएपनि सहयोग गरिएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*