मकवानपुरका जनप्रतिनिधिले निति निर्माण गर्दा नागरिकको सहभागिता गराएनन्

हेटौंडा । मकवानपुरमा अधिकांश स्थानिय तहहरुले आफ्ना निति निर्माण गर्दा आफ््ना नागरिक समाजको भूमिका नखोजेको पाईको छ । स्थानयि तहले स्थानिय सरकारको रुपमा धेरै निति निर्माण र कानुन बनाउन पाउने प्राबधान छ । तर निति निर्माण गर्दा नागरिक समाजको सल्लाह सुझाब भन्दा पनि आफैले सबैक्षेत्रको बिज्ञका आधारमा निति बनाइएको आरोप लगाइएको हो ।
युएसएआईडीको सहयोगमा पारस्पिरिक जवाफदेहिता परियोजना अन्तरगत निति निर्माणमा नागरिक समाजको भूमिका बिषयक अन्तरकृया कार्यक्रमका अबसरमा सहभागि दलित, जनताजी, चेपाङ लगायतकाले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले गाउँगाउँमा शिह दरबार भन्दा पनि अहिले सिह मात्र आएको बताउनुभयो । शिहदरबारले दिने सेवा त परैजाओस जनप्रतिनिधिहरुले पनि सबैको सल्लाह सुझाबका आधारमा काम नगरिएको बताउनुभयो ।
मकवानपुरको पस्चििमी क्षेत्र तामाङ र चेपाङको बढी बसोबास भएको क्षेत्र हो । तर यस क्षेत्रका निति र नियम बनाउँदा स्थानिय सरकारले नागरिकको सहभागिता नगराएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले मकवानपुरका हरेक स्थानिय तहका जनप्रतिनिधिहरु सबैक्षेत्रमा ज्ञान हासिल नगरेका भएकाले कुनैपनि निति बनाउँदा त्यसक्षेत्रका नागरिकलाई सहभागिता गराएर निति बनाउनुपर्ने बताउनुभयो ।
आदीबासी जनजातीको प्रतिनिधित्व गर्दै जंङबहादुर गुरुङले निति बनाउँदा आफुहरुलाई सल्लाह गरिनुपर्ने बताउनुभयो । जनजातीको बाहुल्यता भएको मकवानपुरका उनिहरुका सल्लाह र सुझाबलाई लिएर निति बनाईनु हाबस्यक रहेको बताउनुभयो । गैरसरकारी संस्था महासंघ मकवापनुरका सचिब बोलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका सहन्याधिबक्ता बिष्णुप्रसाद पनेरु र डेभलप्मेन्ट एक्सचेन्ज सेन्टर नेपाका कार्यकारी निर्देशक पंकज देबकोटाले कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएको थियो ।