हेटौंडामा जारी राष्ट्रिय फुटबलमा मकवानपुर ११ फाईनलमा प्रबेश

हेटौंडा । हेटौंडामा जारी भुगर्भ सिमेन्ट दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा आयोजक रीगल हेटौंडा रिसोर्ट मकवानपुर ११ फाईनलमा प्रवेश गरेको छ । मकवानपुर ११ ले पुलिशलाई १–० गोल अन्तरले हराउँदै फाईनल यात्रा सुरक्षित गरेको हो ।
मकवापुरका तर्फबाट रेजिन सुब्बाले एक गोल गरे । म्यान अफ द म्याच रेजिन नै भए । उनले १० हजार नगद प्राप्त गरे । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टारले बिदेशी क्यामरुनी क्लब दाफिन्सको सामना गर्दैछ । पहिलो पटक भिड्न लागेका उनीहरुको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपियाँ र चारलाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो । प्रतियोगितामा करिब ८५ लाख खर्च हुने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।