हेटौंडा अस्पतालबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु हुँदै

विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई सहित १० हजार जना लाभान्वित हुने ।
जनपत्र
१३ चैत्र २०७५, बुधबार १८:१८

हेटौंडा । बिपन्न नागरिकलाई सजिलैसंग स्वास्थ्यसेवा दिने उदेस्यले सरकारी अस्पतालबाटनै सेवा दिनेगरी तीन नंम्बर प्रदेश सरकारले हेटौंडा अस्पतालबाट सेवा दिन सुरु गर्न लागिएको छ । प्रदेश ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्न लागिएको हो । यही चैत १७ गते हेटौंडा अस्पातलमा भब्य कार्यक्रम गरेर जनतास्वास्थ्य परिक्षण कार्यक्रम सुरु गर्न लागिएको हो ।
बिशेषगरी विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कार्यक्रम सुरु गर्ने भएको हो  । यस प्रदेशको सामाजिक बिकाश मन्त्रालयले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षणको सबै तयारी पुरा समेत गरेको छ । यो कायृक्रमपछी बिहानै देखि आम नागरिकलाई सहज संग सेवा दिन सुरु गर्न लागिएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरमा रहेको हेटौंडा अस्पतालमा मुख्यमन्त्री पौडेलले यो कार्यक्रमको उध्घाटन् गर्नुहुने उहाँका स्वकिय सचिब अनुप पौडेलले बताउनुभयो । हेटौंडा सहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ जिल्लाका १ र १ वटा स्थानीय तहका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताउनुभयो ।
चैत १७ गते हेटौंडा अस्पतालबाट प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्दै छ । आर्थिक अभावकै कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको विष्टको भनाइ छ ।

प्रदेश सरकारले ५ वटा स्थानीय तहका २ र २ हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरी ती स्थानीय तहमा रहेका अस्पतालहरूलाई बजेटसमेत निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । नागरिकले आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भन्ने थाहा पाउन यो कार्यक्रम सञ्चालन गरेको सामाजिक विकास मन्त्रालयका अधिकारीको भनाइ छ । स्वास्थ्य अवस्था पहिचान भएपछि आवश्यकताअनुसार उपचार भने नागरिकले आफ्नै खर्चमा गर्नुपर्नेछ ।
विष्टका अनुसार चालु आर्थिक वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरी नमुना कार्यक्रमको रूपमा सुरुवात गर्न लागिएको हो । संघीय सरकारले नसर्ने रोगबाट प्रभावितहरूका लागि स्वास्थ्य उपचारमा सहुलियतसमेत प्रदान गरिरहेको सन्दर्भमा प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग गर्दै आवश्यकताअनुसार संघीय सरकारको कार्यक्रमबाट समेत लाभ लिन परामर्श सेवा प्रदान गर्न सकिने विष्टको भनाइ छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० वर्ष पूरा भएका नागरिक हुनुपर्नेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनसम्बन्धी कार्य्विधि २०७५ को अनुसूचीअनुसार वडाअध्यक्षहरूबाट सिफारिस लिनुपर्नेछ । हेटौंडा अस्पताल, धादिङको धादिङ अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र सिन्धुलीको सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षण गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*