हेटौंडामा संचालित एसईई परीक्षामा सामाजिक बिकाश मन्त्रीको अनुगमन

परिक्षालाई थप मर्यादित बनाउँदै प्रदेश सरकार
जनपत्र
१३ चैत्र २०७५, बुधबार १७:४८

हेटौंडा । नेपालमा पहिलोपटक प्रदेश स्तरमा गरिएको एसईई परिक्षालाई तीन नंम्बर प्रदेश सरकारले थप मर्यादित बनाईरहेको छ । यस प्रदेश अन्तरगतका १३ वटा जिल्लामा परिक्षा शान्तिपुर्ण रुपमा मर्यादित भईरहेको छ की छैन भनेर अनुगमनका काम पनि भईरहेको छ । आज मात्र तीन नंम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले हेटौंडामा संचालन भईरहेको एसईई परिक्षाको अनुगमन गर्नुभयो ।
हेटौंडाको सोलिड्यारेटी माबिमा बिभागिय मन्त्री समेत रहनुभएका दुलालले अनुगमन गर्नुभएको हो । अरु प्रदेश भन्दा तीन नंम्बर प्रदेशमा परिक्षालाई मर्यादित बनाउनका लागि उहाँले अनुगमन गर्नुभएको हो । यसअघि पनि यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एसईईको अनुगमन गर्नुभएको थियो । सबै जसो जिल्लामा शिक्षा समन्वय ईकाई, स्थानिय तहहरुले आफ्नो क्षेत्रमा परिक्षालाई थप मर्यादित बनाउनका लागि अनुगमन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*