दिल्लीविरुद्ध पञ्जाबको जित, धवनको शतक ओझेलमा

जनपत्र
५ कार्तिक २०७७, बुधबार ०६:१२

किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो।

पञ्जाबको यो लगातार तेस्रो जित हो भने जारी आइपिएलमा चौथो जित हो। यसअघि पञ्जाबले आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको थियो भने नवौं खेलमा मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको थियो। १६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। पञ्जाबका लागि निकोलस पुरनले विष्फोटक ब्याटिङ गरे। उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले ३२ रन बनाउँदा क्रिस गेलले आक्रमक खेल्दै मात्र १३ बलमा २९ रन बनाए। बलिङमा दिल्लीका कागिसो रबडाले दुई विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*