छोराछोरीबाट तिरस्कृत बृद्धबृद्धाहरुलाई सहयोगिहात बढ्दै

हेटौंडा । हेटौंडाको ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु सहयोगि हातबाट पालिदै आएका छन् । छोराछोरीबाट तिरस्कृत भएर बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धाहरु मकवानपुरका सहयोगिहरुका कारण पालिदै आएका छन् । बृद्धाश्रममा रहेका २७ जना बृद्धबृद्धाहरुका लागि कुनै दिन कसैले खाना खुवाउने, कुनैदिन आश्रमलाई चाहिने सामाग्री दिने र कुनैदिन सहयोगि हातहरुबाट दाल,चामल सहयोग गर्दै आएकाले बृद्धबृद्धाहरु पालिदै आएका हुन् ।
त्यसैक्रममा आज पनि हेटौंडा ७ कमानेमा बस्दै आउनुभएकी जानुका राईले आफ्नो दैनिक खर्च कटाएर बचत भएको रकम कटाएर बृद्धबृद्धाहरुलाई तातो पानी खुवाउनका लागि वाटर डिस्पेन्सर सहयोग गर्नुभएको छ । यसैगरी हेटौंडा ४ हुप्राचौरका ईजु थापाको जन्मदिनको अबसरमा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एक छाकको खाना खुवाएको बृद्धाश्रमका अध्यक्ष बुद्धी प्रसाद पौडेलले बताउनुभयो । ईजुको जन्मदिनका अबसरमा ज्योती थापाले खाना खुवाईदिनुभएको हो । हरेक दिन फरक –फरक ब्यक्तिको सहयोगका कारण बृद्धाश्रमलाई सहज भएको छ ।