दुबै मृगौला फेल भएका मकवानपुरका बिरामीको पिडा

डाईलासिस मेसिन अभाबकै कारण काठमाण्डौ र भरतपुर धाउँदै बिरामी
जनपत्र
१२ चैत्र २०७५, मंगलवार १९:३३

हेटौंडा । दुबै मृगौला फेल भएर डाईलासिस गर्नुपर्ने बाध्यता भोग्दै आएका बिरामीहरु मकवानपुरमा धेरै भईरहे पनि हेटौंडाबाटनै सेवा लिनका लागि थप समस्या बेहोर्दै आएका छन् । बिरामीको चाप अनुसार डाईलासिस मेसिन नभएका कारण मकवानपुरका दुबै मृगौलाका बिरामीहरु अझैपनि बिरगन्ज, भरतपुर र काठमाण्डौ जानुपर्ने बाध्यता भोग्दै आएका छन् ।
हेटौंडाको चुरेहिल अस्पतालमा मृगौलाका बिरामीहरुको डाईलासिस गर्नका लागि तीन वटा मात्र मेसिन छ । यो मेसिनमा २७ जना बिरामीको उपचार गर्दै आउको छ । तर डाईलासिस मेसिन पर्याप्त नहुँदा यस्ता बिरामीहरुले थप समस्या बेहोनुैपरेको चुरेहिल अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीले बताउनुभयो । दुबै मृगौला फेल भएका बिरामीहरुलाई हप्तामा दुईपटक डाईलासिस गर्नुपर्ने हुन्छ । अहिले २७ जना बिरामीले सेवा लिईरहका छन् । तर दुबै मृगौला फेल भएका बिरामीहरु एक सय जनाको चुरेहिल अस्पतालमा निबेदन परेको तर मेसिन पर्याप्त नहुँदा थप समस्या भएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
मकवानपुरमा पछील्लो समयमा दुबै मृगौलामा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । तर यस अनुसार सेवा दिन नसक्दा थप समस्या भएको हो । आम सर्बसाधरण बिरामीहरुले चुरेहिलबाट सेवा लिनका लागि पालो नपाएकै कारण अन्य जिल्लामा जानुपर्ने बाध्यता छ । दुबै मृगौला फेल भएपछी मृत्युको पर्खाईमा बसेका यस्ता बिरामीहरुलाई अन्यत्र जान झनै समस्या भएको बिरामीका आफन्तहरु बताउँछन् ।
कोही कतैबाट डाईलासिस मेसिन पनि नथपिने र बिरामीको चाप भने धेरै बढेका कारण चुरेहिल अस्पतालले भने अहिले तीन वटा मेसिनबाट डाईलासिस गर्दै आएपनि अब यो सेवा बन्द गर्ने मनस्थितीमा पुगेको अध्यक्ष पराजुलीले बताउनुभयो । डाईलासिस सेवा पर्याप्त नभएकै कारण गरिव परिवारका बिरामीहरुलाई बचाउन चन्दा संकलन गर्नुपर्ने, जिल्ला बाहिरका अस्पतालमा ओहोर दोहोर गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*