पिएसजीको जितमा एम्बाप्पेको दुई गोल, अंक तालिकाको शिर्ष स्थानमा

जनपत्र
१ कार्तिक २०७७, शनिबार ०६:३४

फ्रेन्च लिग वानमा पिएसजीले नीममाथि सहज जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले निम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने अलेसानड्रो फ्लोरेन्जी र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए ।

खेलको १२औ मिनेटमा नै नीमका लोइक लान्द्रेले रातो कार्ड पाएर मैदान छोडेपछि निम्स १० खेलाडीमा खेलेको थियो । यस खेलमा पिएसजी नेइमार, एन्जल डी मारिया, माउरो इकार्डीजस्ता खेलाडी बिना नै खेलेको थियो ।

यो जितपछि पिएसजी लिग वानको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा ५ जित र २ हारसहित पिएसजी १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको हो । नीमको भने ७ खेलमा यो तेस्रो हार हो । २ जित र २ बराबरी खेलेको निम्सको ८ अंक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*