‘हामी कसैको होईनौ, सवैको हौं’

बसन्त कुमार लामा
३० आश्विन २०७७, शुक्रबार १६:४५

२०१२ सालको आजको दिन बैधानिकता प्राप्त गरी बिधिवत रुपमा स्थापित नेपाल प्रहरी संगठनले आज ६५ औं बसन्त पार गर्दासम्म मुलुक र मुलुकीको सेवामा देखाएको त्याग, समर्पण र बलिदानले बास्तवमा नेपाल प्रहरीको गरिमालाई मात्र बढाएको छैन जनता र राष्ट्रको लागि आवश्यक परेको जुनसुकै समय तथा जस्तोसुकै कार्यमा आफुलाई समाहित गर्न सक्तछ भन्ने उदाहरण पेश गरेको छ ।

संगठन सदा जनसेवामा समर्पित छ र जनतालाई सदैव सर्वोपरी ठान्दै आएको छ । जनता प्रतीको यसै भावलाई आत्मसात गर्दै कार्यक्षेत्रमा कृयाशिल रहँदा आजसम्म यस संगठनले सयौं बिर सपुतहरुलाई राष्ट्र र जनताका लागि त्याग गर्नु परेको छ । के तराई, पहाड, हिमालका कुना कन्दरा र अधेंरो रातमा आफ्ना आमा बाबु छोरा छोरी परिवार कोही नभनि जनताका सेवाका लागि समर्पित रहि जिवनको आहुती समेत दिएका ती बिर सहिदहरुलाई सम्मान तथा श्रद्धा सुमन ब्यक्त गर्न आज हामी यहां उपस्थित भएका छौं ।

राष्ट्रले दिएको जिम्मेवारी बहन गर्ने सिलसिलामा प्रहरी संगठनले आफ्ना कैयौं होनहार सदस्यहरु मात्र गुमाएका छैनन, ती सदस्यहरुका अबोध छोराछोरी, बुढाबुढी, आमाबाबु र परिवारका खुसी समेत गुमाएको छ । आज नेपाल प्रहरीलाई मुलुक र मुलुकीको लागि लडदा लडदै सहादत प्राप्त गरेका अपाङ्ग बन्न पुगेका प्रहरी कर्मचारी र परिवारजनमा देखिएका आसुं र पिडाले एकातर्फ मर्माहत तुल्याईरहेको छ भने अर्कोतर्फ साहस बहादुरी र बिरताको गौरवमय ईतिहास कोर्न सकेकोमा गौरवान्वित पनि तुल्याएको छ । त्यसैले आज यस अवसरमा ति बलिदानी सपुतहरु प्रती वाहांहरुको बलिदानको उच्च सम्मान गर्दै ती सपुतहरु जन्म दिने आमाहरु तथा सम्पुर्ण परिवारजनलाई समेत यस पावन घडीमा हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छौ ।

आदरणिय अतिथीज्युहरु यहांहरुमा अवगत नै छ, मुलुकमा शान्ती सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रथम एवं गहन जिम्मेवारी हो । शान्ती सुरक्षाको अभावमा न त बिकाशको कल्पना गर्न सकिन्छ न त प्रजातन्त्रको । यथार्थमा आज मुलुकका बिभिन्न ठाउँहरुमा देखिएका अबांछिंत गतिबिधीहरुका साथै बिश्वलाई नै आक्रान्त बनाईरहेको कोभिड महामारीको दिनानुदिन बृद्धि हुदै गैरहेको बिकराल अवस्था जस्ले हामी बास्तवमै कठिन परिबेशमा रहेका छौ भन्न महसुस गराईरहेका छन् । यस बिषम परिस्थितीलाई सहज तुल्याई समाजमा शान्ती सुरक्षा कायम गराउने हामी प्रहरीको जिम्मेवारी पक्कै पनि हो तर सवैको ब्यक्तीगत तथा सामुहिक हित तथा सरोकार वा सहकार्यको नितान्त खाँचो रहेको यस अवस्थामा प्रहरी मात्रको एक्लो प्रयासले यो कार्य सम्पन्न गर्नु कती सहज होला रु नहोला सवैमा बिदितै छ ।

हामी बिद्यमान बिषम परिस्थितीको अन्त्य तथा समुन्नत समाजको निर्माणमा सवै दल, नागरीक समाज तथा मुलुक प्रती संवेदनशिल संघ संस्थाहरुसंग सहयोगको अपेक्षा गर्दछौ, हातेमालो गर्दै अघि बढन अनुरोध गर्दछौ । राज्यको यो दायित्व र हाम्रो लक्ष्य आम जनताको सहयोग, सामुहिक प्रयत्नको अभावमा प्रभावकारी रुपमा पुरा हुन सक्दैन भन्ने कुरामा हामी सवै जानकार छौं । खासगरी मुलुकका राजनैतिक दलहरु र राज्यको चौथो अंगका रुपमा सशक्त कृयाशिल मित्रहरुले मुलुकको संकटपुर्ण यस क्षणमा निर्वाह गर्ने भुमिकाको अत्यन्तै महत्व रहेको छ ।

पत्रकार मित्रहरुको निरन्तर एवम् निकट रुपमा रहने जनसम्पर्क तथा खोजपुर्ण एवं अनुसन्धानमुलक समाचारहरुले एकै पटकमा मुलुकभर हलचल ल्याउन सक्ने क्षमता राख्ने हुदां यस्ता समाचारहरु मुलुक र मुलुकीको पक्षमा हुन सकेमा त्यसबाट अहिले बिषम परिस्थितीबाट हुने क्षती न्युनिकरण तथा शान्ती र अधिकारको खोजीमा चलिरहेका हत्या, हिंसा बिरुद्धको देशभक्त शान्तीप्रिय नागरीकको चाहनाको लडाईमा अतुलनिय सहयोग पुग्ने यथार्थतालाई हृदयंगम गरी यसै अवसरमा उपस्थित सम्पुर्ण पत्रकार बन्धुहरुलाई आ९आफ्नो क्षेत्रबाट शान्तीको पक्षमा भुमिका निर्वाह हुन समेत आग्रह गर्न चाहन्छु ।

बदलिदो समयको गतिसंगै बिकशित मानव सभ्यता, मानविय मूल्य मान्यता र मानवाधिकार, स्वतन्त्रता तथा प्रजातान्त्रिक जनतामा देखिएको सचेतना तथा सम्मानले निश्चय पनि सर्वसाधारण जनसमुदायले हामी प्रहरीबाट धेरै उच्च तथा पारदर्शी सेवाको अपेक्षा गरेकोछ, जुन स्वाभाविक पनि हो । यसलाई पुरा गर्न हामीले ब्यवशायिक ज्ञान, शिप र क्षमतामा मात्र होईन आफ्नो ब्यवहार, आचरण र जिम्मेवारी बोध गर्ने कुरामा समेत समय सापेक्ष परिवर्तन ल्याई सेवालाई गुणस्तर बनाउन कठोर मेहनत गरिरहेका छौं । हामी शासक होईनौ, सेवक हौं । हामी कसैको होईनौ, सवैको हौं, हामीबाट कोही टाढा छैनन, सवै नजिक छन्, हामीमा ब्यक्ती पिच्छेको फरक ब्यवहार होईन, सवैमा समान ब्यवहार छ ।

हाम्रा खुल्ला ढोका कसैको लागि मात्र हिईन, सवैको लागि हो, हामी कानुन पालना गराउने शसक्त निकायका सदस्य मात्र होईनौ, कानुनको अधिकार पालना गरेर नमुना पर्दशन गर्ने संगठनको सदस्य पनि हौं । त्यसैले सार्वभौमसत्ता जनताको अधिकार सुनिश्चित गर्ने संबिधान, नियम, कानुन तथा हामीलाई हाम्रो काम कर्तब्य र जिम्मेवारी तोक्ने प्रहरी ऐन, नियम नै हाम्रो सर्वोच्च मार्गदर्शक भन्ने यथार्थतालाई हृदयंगम गर्दै कर्तब्यपथमा अग्रसर रहेको साथै कार्यक्षेत्रमा काम गर्दा “ सत्य सेवा सुरक्षणम “ को मुलमन्त्रलाई शिरोपर गरी कुनै पनि प्रकारको भय र त्रासबाट मुक्त भै मुलुक, जनता र संगठनले चाहेको निश्वार्थ, निश्पक्ष, पारदर्शी जनसेवाका लागि समर्पित भै कांधमा जिम्मेवारी, हृदयमा ईमान्दारी र मस्तिष्कमा समझदारी राखी कर्तब्यनिष्ठ रहन्छौ भनी यहांहरु समक्ष पुनस् एकपटक प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ । सवैको सामु स्मरण गराउन चाहन्छौ ।

हामीलाई थाहा छ, हाम्रो जिम्मेवारी र कार्य प्रकृतीको कारण हामीलाई नागरीक समाजमा लोकप्रिय हुन धेरै मेहनत गर्नु पर्ने छ । श्रोत साधनको सिमिततामा रही जनताका धेरै अपेक्षाहरु पुरा गर्न नसक्ने अवस्थाका साथै यदाकदा प्रहरी कर्मचारीहरुबाट पनि हुने गरेको गल्ती कमजोरीले बास्तवमै प्रहरीको छवीमा नकारात्मकता सृजना भएको हामीले बुझेका छौं । प्रहरीको बोली, ब्यवहारमा अझै पनि धेरै सुधार गर्नु पर्ने आवश्यक रहेको हामीले महसुस गरेकै छौं । भिन्न भिन्न समाज, संस्कृती र परिवेशबाट भिन्न भिन्न संस्कार, शिक्षा दिक्षा र रहन सहनमा हुर्की बढी आएको कारणले प्रहरी प्रहरीमा भिन्न भिन्न स्वभाव र ब्यवहार देखिनु स्वाभाविक जस्तो लाग्छ । तर गलत गर्नेलाई कारवाही गर्ने जिम्मेवार संगठनको सदस्य भएको नाताले स्वयम प्रहरीबाटै हुने गल्ती कदाचित क्षम्य हुनु हुदैन भन्ने मान्यतामा पनि हामी दृढ छौ ।

यदाकदा कुनै प्रहरी कर्मचारीमा देखिने कमी कमजोरी र रुखो ब्यवहारका कारण समग्र प्रहरी संगठन प्रतीनै घृणाको भाव लिनु भन्दा त्यसलाई एउटा ब्यक्तीको गल्ती सरह औल्याई सम्बन्धित प्रहरी प्रमुखलाई समयमै जानकारी गराई सुधारका अवसर प्रदान गर्नु भएमा सम्पुर्ण प्रहरीको जनसेवा प्रतीको उत्साहलाई उर्जा प्रदान गर्नुका साथै प्रहरी बिच भएका कमी कमजोरी सच्याउन मद्धत पुग्नेछ भन्ने हाम्रो अनुरोध हो । हामी हाम्रा कमी कमजोरी सच्याउन चाहन्छौ । त्यो अपरिहार्य पनि छ । जनताको सेवकको रुपमा स्थापित कुनै प्रहरी कर्मचारी सोही बमोजिम परिचालन हुदैन वा हुन चाहना राख्दैन भने त्यस्ता प्रहरी कर्मचारीलाई साथ लैजान सक्तैन यो सवै प्रहरी कर्मचारीहरुले बुझेका छन् र बुझ्नु पनि पर्दछ ।

हाम्रा बुझाईमा अप्ठ्यारा र जटिल चुनौतीहरु माझ जिम्मेवारी निर्वाहमा अघि बढन सक्नु नै सवैभन्दा ठुलो उपलब्धी हो । यहीनै मानिसको अग्नी परिक्षा पनि हो । यसर्थ देश काल र परिस्थिती अनुसार बदलिएको राष्ट्रिय परिबेशमा नेपाल प्रहरीका सदस्यहरुले शान्तीको पक्षमा मात्र नभएर बिना डर, त्रास, धाक धम्की र निसंकोच भई भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्ती, पक्षपात, मोलाहिजा एवम् कामचोर जस्ता गलत प्रबृती बिरुद्ध अझ शसक्त र खरो रुपमा उत्रिएर अराजकता र दण्डहिनतालाई सखाप पार्ने कार्यमा प्रतिबद्ध रही जनसेवामा उत्रनु पर्दछ । र यो आजको आवश्यक्ता पनि हो ।

अन्तमा प्रहरी दिवसको यस सुखद घडीमा पुनस् अमर सहिदहरुको स्मरण गर्दै राज्यले दिएको, जनताले आसा गरेको र संगठनको लक्ष्य अनुरुप निश्वार्थ भावले अहोरात्र सेवा गर्ने प्रण लिदै बिगतका कमी कमजोरीहरु हटाई स्वस्फुर्त जनसेवामा समर्पित हुने बिश्वास दिलाउन चाहन्छौ । पुरस्कृत सवैमा बधाई तथा आगामी दिनहरुमा अझ उत्कृष्टताका साथ काम गर्न सफल हुनु हुनेछ भन्ने शुभकामनाका साथै आजको यस समारोहमा आफ्नो अमुल्य सहभागीताका लागि उपस्थित प्रमुख अतिथी लगायत अन्य सम्पुर्ण श्रद्धेय महानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दै आफ्नो मन्तब्य यही टुंग्याउन चाहन्छु ।

६५ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामाले गर्नु भएको संबोधन जस्ताको तस्तै ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*