मकवानपुर सहकारी अस्पतालमा सेवा थपिदै, दैनिक एक सय ५० जना बिरामीको उपचार

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १६:५३

हेटौंडा । हेटौंडा वडा नम्बर १ भिन्तुनापथमा सञ्चलनमा रहेको मकवानपुर सहकारी अस्पताललाई थप स्तरबृद्धी गरिदै लगिएको छ । २५ बेडको यस अस्पताललाई थप स्तरबृद्धी गर्दै लगिएको हो । अहिले अस्पतालमा ३९ लाख लागतमा युएसजी मेसिनबाट काम सुरु गरिएको छ । त्यसैगरी भिडीयो ईण्डोस्कोपी, सेवा, इएनटिको सर्जरी सेवा सुरु गरिएको छ । पहिले दिदै आएको सेवाबाट थप बिस्तार गरिएको सहकारी अस्पतालका अध्यक्ष बिष्णुगोपाल महर्जनले बताउनुभयो ।

यसको क्रममा अब अर्थोपेडिक अस्पतालको सेवा पनि सुरु गर्न लागिएको छ । त्यसैगरी अस्पतालले आफ्नै भवनबाट सेवा दिनका लागि हेटौंडा १ चौकिटोलमा आफ्नै भवन निर्माण गरेर सेवा दिने तयारी गरिएको अध्यक्ष महर्जनले बताउनुभयो । बैशाख महिनाबाट अअस्पतालको भवन निर्माण गर्नका लागि सुरु गर्ने तयारी पनि गरिएको छ । आउँदो सुक्रबाट निशुल्क रपमा मुटुका रोगिहरुको स्वास्थ्य परिक्षण पनि गरिने भएको छ । हाल सम्म अस्पतालले ३ करोड ५० लाख रुपैंया लगानी गरिसकेको जनाएको छ । हरेक दिन एक सय ५० जना बिभीन्न रोग लिएर आएका बिरामीहरुको उपचार गरिदै आएको अध्यक्ष महर्जनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*