महिला सहकारीद्वारा रक्तदान

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १६:४८

मकवानपुर गढी ३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको २१ औं स्थापना दिवस तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको प्रमुख एवं मकवानपुर गढी ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको बिशेष आतिथ्य कार्यक्रममा रहेको थियो । सहकारीका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*