बिप्लवको बन्दले चेपाङ बस्तीमा बिजुलीको जोहो ?

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १६:४७

मनहरी–हरेक नकारात्मक कामबाट प्राप्त हुने परिणामलाई सकारात्मक र सिर्जनात्मक बनाउन सकिन्छ । यस्तै एउटा उदाहरण मनहरी गाउँपालिका वडा नं ६ पोलाघारीमा देखिएको छ ।
बिप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आयोजना गरेपछि दिन काट्नै मुस्किल हुने भन्दै मनहरी गाउँपालिका वडा नं ६ पोलाघारीतिर पुगेको एक हुल युवाको टोलीका कारण त्यस गाउँमा बिजुली बिस्तारले गति लिएको छ । बन्दको दिन मर्निङ वाकको सिलसिलालाई निरन्तरता दिँदै मनहरी ७ का युवा समाजसेवी तथा युवा संघ नेपालका ३ नं प्रदेश कमिटी सचिवालय सदस्य नवीन सुवेदीसहितका युवाहरु पोलाघारी गएका थिए । २२ घरपरिवार चेपाङ समुदायको बसोबास रहेको त्यस गाउँमा बिजुलीको समस्या समाधानका लागि स्थानीयहरुले अनुरोध गरेपछि सुवेदीको पहलकदमी तथा ६ नं वडा कार्यालय र मनहरी गाउँपालिकाको सिफारिसमा बिजुलीको पोलको व्यवस्था भएको छ । टोलीमा नेपाल क्योकुसिन कराँते डोजोका प्रशिक्षक दोर्जे लामा, मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी, गायक बुद्धिमान घिसिङ र युवा व्यवसायी सुदर्शन सुवेदी सहभागी रहेका थिए ।

युवाको टोली समक्ष स्थानीयबासिन्दाले बिजुलीबत्तीको पहल गरिदिन आग्रह गरेका थिए । बिजुली, मोटरबाटो तथा खानेपानी समस्याका बारेमा स्थानीयबासिन्दाहरुसँग सुवेदीसहितका टोलीले भलाकुसारी गरेका थिए । त्यसबारे वडा कार्यालय तथा गाउँपालिका र ३ नं प्रदेश सरकारका मन्त्रालयहरुमा ध्यानाकर्षण गराइएको थियो । फल स्वरुप नेपाल विद्युत प्राधिकरण हेटौँडाबाट ३० वटा फलामे पोलको व्यवस्था गरिएको सुवेदीले बताए ।
समस्याबारे गाउँपालिका कार्यपालिका सदस्य राममाया चेपाङको समेत संलग्नतामा वडाअध्यक्ष गोपीलाल मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा उपाध्यक्ष मनिला बिष्टलाई ध्यानाकर्षण गराएपछि पोल लैजाने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए । पोलाघारी सडक सुविधा पु¥याउनका लागि पनि गाउँबेसी कृषि सहकारी संस्थामार्फत ग्रामीण कृषि सडक स्तरोन्नतिका लागि प्रदेश सरकारमार्फत २० लाख रुपियाँ बिनियोजित भई काम अघि बढाउने प्रक्रिया अघि बढेको सहकारीका समेत अध्यक्ष रहेका सुवेदीले बताए ।
यसयअघि पनि मनहरी र राक्सिराङ गाउँपालिकाका विभिन्न वडा कार्यालयहरुसँग समन्वय गरी बिजुलीको पोलको व्यवस्थापनमा सुवेदीले सहजीकरण गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*