नापोलीसँगको रद्ध भएको खेलमा युभेन्टसलाई विजेता घोषणा

जनपत्र
२९ आश्विन २०७७, बिहीबार ०६:०१

अक्टोबर ४ मा रद्ध भएको युभेन्टस र नापोलीबीचको खेलमा युभेन्टसलाई ३(० गोल अन्तरले विजयी बनाइएको छ । नापोली स्वास्थ्य प्रोटोकल पुरा गर्न नसकेकोले निर्धारित समयमा मैदानमा पुग्न नसकेकोपछि सो खेल रद्ध गरिएको थियो । सिरी ए ले सो खेलमा युभेन्टसलाई विजयी घोषणा गरेको छ । साथै सिरी ए ले नापोलीलाई एक अंकको सजाय समेत सुनाएको छ । अब नापोलीको यस सिजनमा एक अंक घट्ने छ ।

नापोलीलाई सो खेलमा खेल्न आउने क्रममा टुरिनको स्थानीय प्रशासनले नापोलीका स्टाफ र अन्य सदस्यसहित दुई खेलाडीलाई कोरोना पोजेटिभ पाएपछि शहर प्रवेशमा रोक लगाएको थियो । सिरी ए ले नापोलीले दाबि गरिएको जस्तो विशेष परिस्थिति नदेखिएको भन्दै युभेन्टसलाई विजेता घोषणा गरेको छ ।

समयमा पुग्न नसक्ने भएपछि नापोलीले खेलको मिति सार्न अनुरोध गरेको भएपनि युभेन्टसले सिरी ए को नियम अनुसार नै आफुहरु जाने बताएको थियो । यो जितपछि युभेन्टस सिरी ए मा ३ खेलमा ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने नापोली ३ खेलमा ५ अंकसहित आठौ स्थानमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*