मकवानपुरगढीमा किसानका लागि हरेक क्षेत्रबाट सहयोग गर्दैछौं–अध्यक्ष हुुमागाईं

जनपत्र
२८ आश्विन २०७७, बुधबार ०७:२६

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा किसानका लागि प्राथमिकता दिएर काम गर्न लागिएको छ । गाउँपालिका क्षेत्रका ८ वटै वडामा अधिकांश किासन भएकाले उनीहरुका निम्ति प्राथमिकता दिएर काम गर्न लगिएको हो ।

पालिकामा रहेका अन्नखेती गर्न, तरकारी खेती गर्न, गाइपालन, भैसीपालन, बाख्रापालन, कुखुरा पालन क्षेत्रमा प्राथमिकताका साथ गाउँपालिकाले काम गरेको छ । ठुला किसानका लागि भन्दा पनि साना किसानका लागि केन्द्रीत रहेर काम गरिएको छ । कृषि क्षेत्रमा यान्त्रिककरण भित्रदै गएको छ । कृषि क्षेत्रमा परमपरागत प्रबिधीलाई भन्दा पनि आधुनिकिकरण गर्न लागिएको हो ।

कृषिका हरेक क्षेत्रमा परमपरागत तरिकाले भन्दा पनि आधुनिक तरिकाले काम गर्न थालिएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । वषौदेखि गढी गाउँपालिकाका किसानले मजदुर लगाएर धान काट्दै आएको भएपनि अहिले भने धान काट्नका लागि मेसिन भित्रएिको छ ।

अब मेसिनका माध्यमले धानकाट्नका लागि काम सुरु गरिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७।०७८ को कृषि यान्त्रिककरण प्रवद्र्धन कार्यक्रम अन्तरगत दुई सहकारी संस्थालाई धान काट्ने रिपर मेसिन अनुदानमा खरिद गरी हस्तान्तरण गरिएको छ । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईसंग कुराकानी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*