हेटौंडामा जारी फुटबलमा पुलिस सेमिफाईनलमा

जनपत्र
११ चैत्र २०७५, सोमबार १८:३४

हेटौंडा, ११ चैत / हेटौंडामा जारी भुगर्भ सिमेन्ट दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले फ्रेन्डस क्लबलाई ३–० ले सहजरूपमा हराउँदै सेमीफाइनलमा पुगेको हो। पुलिसको जितमा भरत शाहले ह्याट्रिक गरेका छन । उनले पहिलो हापको १२,४२ र ४३ मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच खेलमा ह्याट्रिक गर्ने पुलिसका भरत शाह भए । उनलाई सोमबारको खेलका प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त पौडेलले १० हजार नगद प्रदान गरे । पुलिसले आयोजक मकवानपुर ११ सङ्ग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः ८ लाख रुपियाँ र ४ लाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र२० हजार रुपियाँ प्रदान गरीने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*