लागू औषधबाट थलिएकालाई ब्याम गराईदै

बिभीन्न खालका लागूऔषधको दलदलमा फस्दै आएका युवाहरुलाई सुधार गर्दै आएको संस्थालाई हेटौंडा उपमहानगरपालिकाले हौसला प्रदान गरेको छ । देशको उर्जासिल सक्तिको रुपमा रहेका युवाहरु गाँजा, भाङ, बिभीन्न खालका ईनजेक्सनको नसामा फस्दै आएपछी मकवानपुर रीकभरी समूहलाई सहयोग पु¥याउने उदेस्यले उपमहानगरपालिकाले खेल्न र ब्याम गर्नका लागि सामाग्री दिएको हो ।
मकवानपुर जिल्लालाई लागु औसध मुक्त क्षेत्र बनाउने अभियानका साथ अगाडी बढ्दै आइरहेको यस संस्था मकवानपुर समूहलाई हेटौडा उपमहानगरपालिका कानगर प्रमुख हरि बहादुर महतले बिभीन्न खेलकुदका सामाग्री हस्तान्तरण गर्नुभएको हो । यस संस्थामा उपचाररत युवाहरुको लागि शारीरिक ब्यायाम गर्नको निम्ति एक लाख बराबर को ब्यायाम सामग्री सहयोग आएको रिकभरी समूहका सन्दिप साक्यले बताउनुभयो । युवाहरु कुनै पनि खेलकुदहरुमा लागेको खण्डमा युवाहरु विसंगति तथा लागु पदार्थ दुर्व्यसनमा नफस्ने भन्दै र आउने दिनहरुमा पनि यस्तै सहयोगहरु निरन्तर गर्ने प्रतिबद्दता मेयर महतले ब्यक्त गर्नुभयो ।