हेटौंडाको मुख्य बजारमा पुग्यो अनुगमन टोली, घिउ, तेल, अमिलो र पेय पदार्थको जफत

जनपत्र
११ चैत्र २०७५, सोमबार १८:३१

हेटौंडा बजारमा खाध्य पदार्थमा अखाध्य पदार्थको प्रयोग गरेर बिक्री गर्दै आएको खुलेपछी आज बजार अनुगमन गरिएको छ । अनुगमनको टोलि ४१ वटा पसलमा पुगेको छ । अनुगमनपछी घिउ, तेल, पेय पदार्थ, चुक अमिलो लगायतका सामाग्रीहरु जफथ समेत गरिएको छ । बिशोषगरी खाने घिउ, चुक अमिलो, तेल लगायतका खाध्यपदार्थमा अखाद्यय बस्तु मिसाएर बिक्री गरिएको पाइएकाले बजार अुनगमन गरिएको हो ।
दुईवटा टोलिले छुट्टा छुट्टै रुपमा अनुगमन गरेर जफथ समेत गरेको छ । हेटौंडा बजारका मुख्य किराना पसलहरुमा अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानिय तह हेटौंडा उपमहानगरपालिका सहितको टोलिले अनुगमन गरेको हो । बजार अनुगमन गरिरहेको टोली बजारबाट अखाद्य पदार्थ फेला पारेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले दिएको जानकारी अनुसार, म्याद नाघेका बस्तुहरु जफत गरिएको छ । अनुगमन टोलीमा विशेषज्ञसहित हेटौंडा उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, उपभोक्ता हकहित संरक्षण समिति लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*