संघीय सरकारबाट हेपिएका इसिडी शिक्षिकालाई स्थानीय सरकारको सहयोग

हेटौंडा । संघीय सरकारबाट हेपिएका प्रारम्भिक बालबिकास केन्द्रका शिक्षिकाहरुका लागि स्थानीय सरकारले सहयोग गर्न थालेको छ । सरकारी बिद्यालयको सबैभन्दा सानो कक्षामा साना साना बालबालिकाहरुलाई हँसाउँदै, खेलाउँदै प्रयोगात्मक तरिकाले पढाउनुपर्ने बाध्यता भोग्दै आएका बालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुका लागि हेटौंडा उपमहानगरपालिका सहयोग पु¥याउन थालेको छ ।
महिनाभरी बालबिकास केन्द्रमा काम गर्ने शिक्षिकाहरुका लागि सरकारले महिनामा ७ हजार रुपैयाँ मात्र दिदै आएको छ । उनिहरुले पनि अरु आधारभूत तहका शिक्षकहरु सरह काम गर्दै आएका छन् । अझै कठिन रुपमा साना बालबालिकाहरुलाई हेर्नुपरेपनि सरकारले बेवास्ता गर्दै आएपनि अहिले केही भनेपनि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेकोमा उनिहरुले खुशी ब्यक्त गरेका छन् ।
उपमहानगरपालिकाले हेटौंडाका ६० वटा सामुदायिक बिद्यालयमा स्थापना गरिएका बालबिकाश कार्यकर्ताहरुका लागि पाँच दिने तालिम दिएर उनिहरुको क्षमता बिकास गर्नका लागि थप सहयोग गरेको छ । साना बालबालिकाहरुका लागि कक्षामा रमाई रमाई पढाउन, सिकाउन, खेलाउन, रमाउन सिकाउने उदेस्यले सहयोगि कार्यकर्ताहरुका लागि पाँ दिन सम्मको तालिम दिन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख मिनाकुमारी लामाले बताउनुभयो ।
साना कक्षामा सहयोगि कार्यकर्ता छिर्दा पालना गर्नुपर्ने नियमहरु, सिकाउने तरिका, शैक्षिक सामग्रीको प्रयोग गर्ने तरिकाका बिषयमा सिकाउने काम संगै बालबिकाश केन्द्का लागि बजेटनै छुटेयाएर काम गरिएको उहाँले बताउनुभयो । बालबालिकाहरुका लागि कक्षा कोठामा रमाउने वातावरण सृजना गर्नका लागि आफूहरु कुनैपनि सहयोग गर्न तयार रहेको उहाँ बताउनुहुन्छ ।
तल्लो कक्षामा आफूपनि सिक्दै पढाउँदै गर्दा अझै सहज हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्णप्रसाद घिमिरेले बताउनुभयो । अहिले बालबिकास कार्यकर्ताहरुले भनेजति तलब नपाएपनि अब सरकारी शिक्षक सरह मान्यता दिने भनेर पहल भईरहेको उहाँले बताउनुभयो ।