सुर्तिजन्य पदार्थका कारण बर्षमा २७ हजारले ज्यान गुमाउँदै

सुर्तिजन्य पदार्थका कारण मृत्युहुने बढ्दै गएपछी यसलाई प्रतिबन्ध लगाउन तीन नंम्बर प्रदेश सरकार र स्थानिय तहको सुझाब ।
हरि हुमागाई
११ चैत्र २०७५, सोमबार १५:३६

हेटौंडा । सुर्तिजन्य पदार्थबाट लाग्ने रोगका कारण बर्षेनि मृत्युहुने क्रम निकै डरलाग्दो देखिएको छ । सुर्तिजन्य पदार्थका कारण बर्षमा २७ हजार जनाको मृत्यु हुने गरेको छ । चुरोट, सुर्ति, गुट्खा लगायतका सुर्तिजन्य पदार्थका कारण क्यान्सर दम, स्वास प्रस्वासमा समस्या देखापर्ने लगायतका रोग लागेर बर्षमा नेपालमा २७ हजार जना ब्यक्तिको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो भयावह स्थीतिलाई अब नियन्त्रण गर्न जरुरी रहेको केन्द्रका स्वास्थ्य शिक्षा प्रशाशक डाक्टर भक्त केसीले बताउनुभयो ।
केन्द्रले यो कार्यक्रम कर्णाली प्रदेश, ३ नंम्बर प्रदेश र दुईवटा स्थानिय तहमा सकिसकेको छ । अब २ नंमबर प्रदेशको जनकपुरमा कार्यक्रम गर्ने तयारी गरिएको छ । काठमाण्डौ महानगरपालिका, कावासोती नगरपालिकापछी हेटौंडामा यो कार्यक्रम गरिएको छ । बिस्वमा ७० लाख मानिश सुर्तिजन्य पदार्थका कारण मृत्यु हुने भएपछी राष्ट्रिय बहुक्षेत्रिय सुर्तिजन्य पदार्थ नियन्त्रण रणनैतिक योजना तर्जुमाका लागि प्रदेश स्तरिय सुझाबका लागि टोलि हेटौंडामा आएको हो ।
मानब बधसालाको उद्योग नभएजस्तै सुर्तिजन्य पदार्थको उद्योग नभएमा केही हुन्न– मन्त्री दुलाल
सुझाबका क्रममा तीन नंम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले मानब बधसालाको उद्योग नभएजस्तै यो सुर्तिजन्य पदार्थको उद्योग पनि नहुँदा कुनै फरक नपर्ने बताउनुभयो । मानिशको बध गर्ने उद्योग खोल्दा पनि त रोजगारी हुने हुन्छ तर स्लोपोईजनका रुपमा मानिश मार्ने उद्योगमा राजस्व संकलन हुने र रोजगारी पाउने भन्दैमा किन यो उद्योग चलाउनुपरयो ? उहाँले प्रतिप्रस्न गर्नुभयो ।

स्लोपोईजनका रुपमा रहेका सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि राज्य लाग्नुपर्ने उहाँले बताउनुभयो । सुर्तिजन्य पदार्थको आयातलाई रोकेर अब काम यहाँ भएका उद्योग पनि बिस्तारै बन्द गर्दै लैजानुपर्ने मन्त्री दुलालले बताउनुभयो । हाम्रो संबैधानिक हक र अधिकारमा सुर्तिजन्य पदार्थ र रक्सी खानुपर्छ भन्ने नभएकाले यसलाई नियन्त्रण गर्न सरकार कठोर भएर लाग्नुपर्ने बताउनुभयो । अब यस्ता उद्योगहरु केह िसमय दिएर बन्दगर्नुको बिकल्प नभएको उहाँको भनाई छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले सुझाब दिदै सुर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउनका लागि आफुहरु लाग्ने बताउनुभयो । नियम र ऐन बनाउने काम संगै अगाढी बढाएर सुर्तिजन्य पदार्थमा रोक लगाउन खोज्दा निकै बाधा सृजना भएकोमा उहाँले दुखेसो पोख्नुभयो । हेटौंडालाई फुलै फुलको शहर बनाउनका लागि आफुहरुले अभियान सुरु गरेपनि सुर्तिजन्य पदार्थका पाकेटका कारण र यसको बिक्री बितरणका कारण समस्या भएको उपप्रमुख लामाले बताउनुभयो ।
कार्यक्रममा तीन नंम्बर प्रदेशको सामाजिक बिकाश मनत्रालयका सचिब लोकनाथ पौडेलले सार्बजनिक स्थल र सार्बजनिक निकायमा सुर्तिजन्य पदार्थ पुर्ण रुपमा प्रतिबन्द लगाईनुपर्ने बताउनुभयो । धुवाजन्य पदार्थ सेवन गर्दा अरुलाई पनि निकै समस्या हुने भएकाले यसलाई पुर्ण रुपमा सबैतिर प्रतिबन्ध लगाईनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*