एपीएफ लाई हराउदैँ दाफिन्स सेमिफाईनलमा

हेटौंडा÷ क्यामरुनी क्लब दाफिन्स दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सशस्त्र प्रहरीको एपीएफको चुनौती १–० गोलअन्तरले पन्छाउँदै दाफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दाफिन्सका लागि निर्णायक गोल यानिक ओवानाले गरे । उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरे ।
सेमिफाइनलमा दाफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ प्रतियोगिताअन्तर्गत् सोमबार नेपाल पुलिस क्लब र फ्रेण्डस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दशवटा टोलीको सहभागिता रहेको छ ।