हेटौंडा अस्पतालको सेवा विस्तारसंगै आइसीयु र डाइलासिस सेवा सुरु हुँदैछ–रजिष्टार प्रसाईं

जनपत्र
२० आश्विन २०७७, मंगलवार ०७:२२

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसंगै राम्रा कामको सुरुवात हुन थालेको छन् । अबको केही महिनामा हेटौंडा अस्पताल पनि प्रतिष्ठानले आफु मातहत ल्याएर सञ्चालन गर्ने तयारी गरेको छ । अहिले भने प्रतिष्ठानले अस्पतालले दिदै आएको सेवा विस्ताको कामलाई तिव्रता दिएको छ ।

अबको एक हप्ता भित्रमा हेटौंडा अस्पतालमा १० बेढको आइसीयु सेवा सञ्चालन गर्ने तयारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानका रजिष्टार राजेश प्रसाईले वताउनुभयो । दशै सम्ममा अस्पतालबाटनै डाइलासिस सेवा सुरु गर्ने तयारी थालिएको छ । प्रतिष्ठानको आर्थिक र प्रशासनिक नियमावली वनीसकेपछी प्रदेश मन्त्रीपरिषद्बाट पास भएपछी काम थालिने योजना रहेको छ ।

पहिलेको हेटौंडा अस्पतालमै अहिले भने एक सय १० वेढमा सञ्चालन भइरहेको छ । अस्पतालको भवन निर्माण हुँदैछ । तर, भवन निर्माणको काम सकेर हस्तान्तरण हुन अझै १० महिना लाग्ने छ । अस्पतालमा डाक्टर थपीनेक्रम जारी छ । यसै सरोफोरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानका रजिष्टार राजेश प्रसाईसंग कुराकानी गर्नु भएको छ ।

अडियो कुराकानी सुन्नका लागि तलको लिन्कमा क्लीक गर्नुहोला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*