बालबिवाह रोक्न सबैतिर कुरा धेरै, बालबिवाह बढ्दै

हेटौंडा । मकवानपुरका बिकट गाउँपालिका संगै हेटौंडामा पनि बालबिवाहरु गर्नेक्रम गतबर्षको तुलनामा बृद्धी भएको छ । मकवानपुरमा बितेको १४ महिनाको तुलनामा मात्र २८ वटा बालबिवाह भएका छन् । बितेको आर्थिक बर्षमा मकवानपुरमा २० वटा मात्र बालबिवाहका घटना भएका थिए । बालबिवाह गर्ने प्रचलन मकवानपुरमा निकै डरलाग्दो अबस्थामा रहेको छ ।
तीन नंम्बर प्रदेश सरकारले २०७८ सम्ममा यस प्रदेशलाई बालबिवाह मुक्त प्रदेश घोषणा गर्ने भनिएको छ । तर यो घोषणालाई ठोस रुपमा कार्यनयन गर्नका लागि प्रदेश सरकारले रणनिति तयार नपार्दा पनि बालबिवाहका घटना घट्नुको सट्मा बढ्दै गएका छन् । बिशेषगरी मकवानपुरको राक्सीराङ, मनहरी, बकैया लगायतका गाउँपालिकाका बालबालिकाहरुले कलिलै उमेरमा बिवाह गनेृ गरेको सिबिन नेपालद्धारा संचालित बाल हेल्पलाई मकवानपुरका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवालीले बताउनुभयो ।
वलबालिकाहरु बिचैमा पढाई छोड्ने, मोवाईलको प्रयोग बढ्दो, बाबु आमाका कारण बिवाह गर्नुपर्ने बाध्यता, सामाजिक संजाल बिभीन्न कारणबाट बालबिवाह गर्ने क्रम बढेर गएको हो । २८ जनाले बालबिवाह गरेपनि ९ वटा बालबिवाह भने रोक्नका लागि सफल भएको ज्ञवालीले बताउनुभयो ।
बालबिवाह गर्नेमा सबै भन्दा बढी बालिका
बिकट गाउँपालिकाबाट बाल बिवाह गर्नेमा सबैभन्दा बढी बालिका रहेका छन् । सन २०१८ जनवरी देखि सन २०१९ फ्रेवरी सम्ममा २२ जना बालिका र ६ जना मात्र बालकले बिवाह गरेका छन् । छोरीलाई अभिभाबकको कारण पनि बिचैमा पढाइृ छोड्न लगाउने, घरको काममा ब्यस्त पार्ने र गरिबीका कारण पनि बिवाह गर्ने प्रचलन बढेको हो । यता बिवाह भएका बालिकाहरुलाई रोकिएपनि पछी फेरी बिवाह हुने गरेको ज्ञवालीले बताउनुभयो । बिवाह हुन लागेका बालबालिकाहरु मकवानपुरको महनरी, हेटौंडा, भिमफेदी, बकैयाँ लगायतका क्षेत्रबाट रोकिएको थियो । बालबिवाह रोक्नका लागि सबै सक्ति प्रयोग गरेर फेरी घरमा पुनरस्थापना गर्दा पनि बिवाह हुनेक्रम बढेको हो ।
बालबालिका हराउने र बेवारिसे फेला
मकवानपुरमा यो १४ महिनाको अबधिमा ४३ जना बालबालिकाहर हराएका छन् । यता ५२ जना बालबालिकाहरु ब्ेवारिसे अबस्थामा फेला परेका छन् । बेवारिसे फेला पर्नेमा बालक धेरै छन् भने हराउनेमा बालिका धेरै रहेको सिवीन बालहेल्पलाईनको तथ्याङक छ । यो अबधिमा २० जना बालक र २३ जना बालिका हराएका छन् । बेवारिसे अबस्थामा भने ४० जना बालक र १२ जना बालिका फेला परेका हुन् । बालबालिकाको बेचबिखन तथा ओसार पसार यो अबधिमा ३० जना परेका छन् । गलैचाँ बुन्ने, लामा पढ्नका लागि भनेर भारतमा लगेर बेचबिखनमा परेका हुन् ।