फूलखेति गर्ने किशानलाई हौसला प्रदान गर्दै उपमहानगर

जनपत्र
१० चैत्र २०७५, आईतवार १८:१४

हेटौंडा । ब्याबसायीक रुपमा फुल खेतिगर्दै आएका युवा किशानका लागि स्थानिय तहले थप हौसला प्रदान गर्ने काम गर्दै आएको छ । हेटौंडा १२ का वडाअध्यक्ष ललित घलान र हेटौंडा ६ चौघडाका किशान बालकृष्ण चौलागाईले ब्याबसायीक रुपमा फुलखेति गर्दै आएपछी उनिहरुका लागि हेटौंडा उपमहानगरपालिकाले हौसला प्रदान गरेर थप उर्जासिल बनाउन सहयोग गर्न सुरु गरेको छ ।

एनिहरुलाइृ थप उत्साहित बनाउन बिदेसी फुलका माला हेटौडामा थोरै भएपनि बिस्थापित गर्न सफल हेटौंडा ६ चौघडाका किशान बालकृष्ण चौलागाईलाई हाते मिनी टिलर हस्तान्तरण गरिएको छ । पछील्लो समयमा ब्याबासयीक रुपमा फुलखेति गर्दै आएका किशान चौलागाईलाइृ हेटौंडा उपमहानगरपालिकाले मिनी टिलर हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर हरिबहादुर हाते मेसिनले फुल खेती गर्दै आएका चौलागाईलाई ब्याबसायीक फुल खेति गर्नका लागि सजिलो होस भन्ने उदेस्यले मिनि टिलर हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।

मिनि टेलरका माध्यमले धानकाट्न, फुल खेती गर्न, जोत्न, ड्याङ बनाउन, तरकारी खेति गर्न धेरै क्षेत्रमा काम गर्न सकिने फुल खेति गर्दै आउनुभएका किशान बालकृष्ण चौलागाईले बताउनुभयो । यो मिनि टिलर हस्तान्तरणले आफुलाई थप जग्गा लिएर फुलखेतिगर्न हौसला मिलेको उहाँले बताउनुभयो । फुल खेतिलाई अझै ब्याबसायीक रुपमा अगाढी बढाउने उहाँको योजान छ । घलान र चौलागाइृको फुलखेतिकै कारण पछिल्लो समयमा मकवानपुरको हेटौंडामा हुने बिभीन्न कार्यक्रममा बिदेसी फुलका माला र खादाको प्रयोग घटेर गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*