प्रदेश स्तरको एसईई परिक्षा हेर्न मुख्यमन्त्रीनै निस्कीए
हेटौंडा, १० चैत/नेपाल सरकारले पहिलोपटक प्रदेश स्तरबाट एसईई परिक्षा लिन सुरु गरेको छ । तीन नंम्बर प्रदेश राजधानिमा सबैभन्दा शान्तिपुर्ण रुपमा एसईई परिक्षा भएको छ । मकवानपुरका अधिकांश सरकारी बिद्यालयमा परिक्षामा कुनैपनि अप्रिय घटना नभईकन शान्तिपुर्ण रुपमा सकिएको छ । आजको एसईई परिक्षामा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आईतबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को निरिक्षणगर्नु भएको छ । आईतबार विहानै हेटौंडा २ मा रहेको सिद्दार्थ उच्चमावि र हेटौंडा ९ मा रहेको प्रगती माविमा एसईईको निरिक्षण गर्नुभएको हो ।
यस प्रदेशको सामाजिक बिकाश मन्त्रालय अन्तरगत प्रदेश शिक्षा निर्देशनालय हेटौंडाले एसईई परिक्षा लिएको हो । विद्यार्थिहरुलाई हौसला प्रदान गर्न तथा एसईई सञ्चालनको जानकारी लिन मुख्यमन्त्री पौडेल विद्यालय पुग्नु भएको हो । सफलतापुर्बक परिक्षाभईरहेको भन्दै उहाँले खुशी समेत व्यक्तगर्नु भयो । परिक्षामा सहभागिहरुलाई उहाँले शुभकामना समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ –‘परीक्षामा सहभागीहुनुहुने सबै छोरा छोरी, भाइबहिनीहरुमा शुभकामना । समृद्धिको यात्रामा अगाडि बढेका पाईलाहरुले शिखर चुम्न सफलहोस्, निरन्तर अगाडि बढ्नुहोस् । सधै उन्नति प्रगतिभएको सुन्नपाइयोस् । अनेकौं अनेकनशुभकामना’ । निरिक्षणमाजिल्ला समन्वय समितिमकवानपुरकाप्रमुख रघुनाथखुलालपनि सहभागिहुनुहुन्थ्यो । मकवानपुर जिल्लाबाट ५ हजार ९ सय ७७जनाविद्यार्थीहरु परीक्षामा सहभागीभएकाछन् । परीक्षाको लागिजिल्लामा २४ वटा परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धिकालागि ६७जनाविद्यार्थी सहभागीछन् ।