प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडको खेल बराबरी

जनपत्र
१८ आश्विन २०७७, आईतवार ०६:२१

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो । लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले अंक बाड्न बाध्य भयो ।

खेलको १७औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १(१ गोलको बराबरीमा ल्याए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन् ।

लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*