२ वर्ष पहिला गायब भएकी महिला समुन्द्रमा तैरिरहेको पाइएपछि !

जनपत्र
१७ आश्विन २०७७, शनिबार ०६:४१

कोलम्बियामा एक अनौठो घटना भएको छ । त्यहाँकी एक महिला आज भन्दा २ वर्ष पहिला देखि नै हराएकी थिइन् । तर उनी दुई वर्ष पछि प्यूर्टो कोलम्बियाको तटमा करिव १।५ किमी टाढा तैरिरहेको पाइएपछि सबै चकित बनेका छन् ।

पत्रिका द सनका अनुसार माझीले जब महिलालाई पानीमा तैरिरहेको देखे तब उनले उनको ज्यान बचाएका थिए । जानकारीका अनुसार ४६ वर्षीय माझी रोल्याण्डो विसबल र उनका साथी प्यूर्टो तटमा गएका थिए । त्यहि बेला उनीहरुले उक्त महिलालाई तैरिरहेको देखर महिलाको ज्यान बचाएका थिए । महिलाको नाम एन्जेलिका गितान रहेको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*