च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ सार्वजनिक, बार्सिलोना र युभेन्ट्स एकै समूहमा

जनपत्र
१६ आश्विन २०७७, शुक्रबार ०८:२२

सन् २०२०(२१ को सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा गएराति सम्पन्‍न भएको कार्यक्रममा टिमहरुको समूह विभाजन गरिएको हो ।

रोमाञ्‍चक देखिएको ड्र मा इटालियन महारथी युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोना एकै समूहमा परेका छन् । अब विश्‍व फुटबलका दुई स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई लामो समयपछि एकअर्काविरुद्ध खेलेको देख्‍न पाइने भएको छ ।

त्यसैगरी म्यान्चेस्टर युनाइटेड र पिएसजी पनि एकै समूहमा छन् भने रियल मड्रिड र इन्टर मिलान पनि एकै समूहमा छन् ।यस संस्करणको च्याम्पियन्स लिग फुटबल आगामी अक्टोबर २० देखि सुरु हुनेछ भने फाइनल सन् २०२१ को मे २९ तारिखमा टर्कीको इस्तानबुलमा खेलिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*