बाँसको प्याराफिटमा कहिले सम्म फुटबल हेर्ने ?

हेटौंडा । जंगलनै जंगलले घेरिएको हेटौंडाको फरेष्टी जंगल । त्यसको बिचमा खेलकुद मैदान । बिचमा दोस्रो शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागि खेलाडीहरु । त्यही खेल हेरिरहेका मकवानपुरका खेलप्रेमी दर्शकहरु । कुनैन कुनै आयोजकले बर्षमा एक पटक राष्ट्रिय फुटबल प्रतियोगिता गर्दै आएका छन् । ती प्रतियोगिता हेटौंडाका जुनसुकै चौरमा गरिएपनि सबैभन्दा ठुलो कुरा दर्शकलाइृ नछेकीने गरी मज्जाले फुटबल हेर्न पाउनुपर्ने माग उनिहरुको छ । फरेष्ठी चौरमा बाँश र फलामका प्याराफिट कोचाकोच गरेर फुटबल हेरिरहेका दर्शकहरु छिटो स्टेडिएम सहितको रंगसाला बनोस भन्नेमा छन् ।
पmुटबलको सुरुका दिनहरुका म्याचहरुमा थोरै दर्शक आएपनि सेमि फाईनल र फाईनल खेलमा दर्शकहरुको ओहिरोनै लाग्छ । फुटबल खेलको मज्जा लिने भनेको दर्शकहरु मज्जाले उफ्रेर, आफ्ना समर्थकका पक्षमा हुटिङ गर्दै हेर्न चाहन्छन् । तर हेटौंडामा बनेका बाँशका प्याराफिट र फलामको प्याराफिटमा बसेर त्यो मज्जा लिन नपाएको दर्शकहरु बताउँछन् । बषौ पहिलेत अझ यही प्याराफिट पनि हुँदैनथ्यो । पछील्लो समयमा धेरै भन्दा धेरै दर्शकलाई फुटबल हेराउने भनेर प्याराफिट बनाउँदा थप सजिलो भएको र फुटबलको मज्जा भने अझै लिन नसकेको हेटौंडा २ का स्याम बजगाइृ बताउनुहुन्छ ।
हेटौंडामा फुटबलनै खेल्न सक्ने चौर धेरै छन् । तर फुटबल हेर्न समस्या रहेको बाँशको प्याराफिटमा बसेर फुटबल खेल हेरिरहेका हेटौंडा ४ हुपचौरका दर्शक स्याम घिमीरे बताउनुहुन्छ । जहिले पनि फुटबलका राष्ट्रिय खेल संचालन हुँदा साना भएपनि रैगसाला बनाउने कुरा उठ्छन् । तर पछी त्यसै सेलाएर जाने समस्या पनि त्यतीकै छ । अहिले फेरी हुप्राचौरमा दर्शकलाई खेल हेर्न सक्नेगरी रसानो भएपनि रैगसाला बनाउने चर्चा सुरु भएको छ । यसमा तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब हुप्राचौरमा स्टेडिएम सहितको रंगसाला बनाउने काम सुरु हुनै लागेको उध्घाटन् समारोहमा बताउनु भयो ।
हेटौंडामा फुटबल खेल्न सकिनेगरी फरेष्ठी चौर शहित क्याम्पाडाँडा चौर, गौरिटार रंगशाला, हुप्राचौर, औद्योगिक क्षेत्रको खेल मैदान पनि छन् । यी खेल मैदान मध्यमा गौरिटार रंगसालामा संघिय सरकारको लगानीमा काम भईरहेको छ । प्रदेश सरकारले अब हुप्राचौरमा लगानी गरेर काम गर्न लागिएको हो । तर तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भनेजस्तो बिकट गाउँमा सडक पु¥याउन लाग्दा पहिले त्यस क्षेत्रका भरियाहरुले हामीहरुले भारी बोक्न नपाएर रोजिरोटि गुम्छ भनेर आन्दोलन गरको स्मरण सुनाईरहनु हुन्छ ।
त्यस्तै अहिले हुप्राचौरमा सानो भएपनि रंगसाला फुटबल सम्म हेर्न मिल्नेगरी बनाउने भनेर प्रदेश सरकारले रकम छुट्याउने भन्दा हुप्राचौर वरपरका वासिन्दाहरु यसलाई खुल्ला चौर बनाउनुपर्छ भनेर दबाब दिईरहेका छन् । रंगसाला बन्दा पति त धेरै स्थान त खुल्लानै हुन्छ । तर बिकाशको काम गर्दा बाधा सृजना गर्नुको सट्टामा सजिलैसंग दर्शकले खेल हेर्नसक्ने स्टेडिएम बनाउँदा समस्या भने देखिदैन ।