नेपाल टेलिभिजन निजी टेलिभिजन संग प्रतिस्पर्धा गर्ने रणनितिमा

हेटौंडा । नेपालको एक मात्र सरकारी टेलिभिजन नेपाल टेलिभिजनले आफ्ना पत्रकारलाई प्रबिधी युक्त बनाएर अरु निजी टेलिभिजन संग प्रतिस्पर्दा गर्नका लागि तयारी थालेको छ । सरकारी टेलिभिजनमा काम गर्ने पत्रकारहरुले नजिी सबैजसो संचार माध्यममा समाचार आईसकेपछी समाचार पस्कने भन्दा पनि सबै भन्दा उत्कृष्ट बनाउनका लागि अभियान सुरु गरेको हो । देशका सातवटै प्रदेशका टेलिभिजनका संबाददाताहरुलाई नयाँ प्रबिधि एचडीमा रुपमान्तरण भएको सन्धर्बमा तालिम दिईरहेको छ । त्यसैक्रममा हेटौंडामा पनि दुईदिने तालिम दिएर पत्रकारलाई अझै जिमेवार भएर छिटो छरितो रुपमा समाचार पस्कने अभियानमा लाग्न लागिएको नेपाल टेलिभिजनका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले बताउनुभयो ।
यता नेपाल टेलिभिजनका पत्रकारहरुले भने उचित पारीश्रमिक दिएमा आफुहरु निजी मिडीया संग प्रतिस्पर्धात्मक ढंगले काम गर्नका लागि तयार रहेको बताएका छन् । तीन नंम्बर प्रदेश र गन्डगि प्रदेशका नेपाल टेलिभिजनका पत्रकारहरु सहभागि गराएर दिईएको कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पत्रकार जगतले एनाको रुपमा काम गरिनुपर्ने बताउनुभएको छ । मिडीयामा डाडा प्रबृति आएको बताउँदे उहाँले जिमेवार भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । अहिलेको सरकारका लागि चुनौति भनेको भ्रष्टाचारको समस्या भएकाले यसमा निजी वा सरकारी दुबै संचार माध्यमले कलम चलाउनु पर्ने बताउनुभयो ।
अब तीन नंमबर प्देशमा ७० बर्ष पुगेकाहरुलाई सरकारले ब्याबस्थापन गर्नेगरी आफुहरुले बजेट ल्याउन लागेको खुलासा समेत गनुृभयो । नेपाल टेलभिजनलाई साच्चै उत्कृष्ट बनाउने अभियानमा आफुहरु होमिएको बताउँदै महाप्रबन्धक गोबिन्द रोक्काले नेपाल टेलिभिजनलाई नेपालको उत्कृष्ट टेलिभिजन बनाउने बताउनुभयो । अहिले श्रमजिबी पत्रकारका कुरा निजी संचार माध्यम संगै सरकारी संचार माध्यमले पहिले सुरु गर्नुपर्ने नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । पत्रकारलाई खुसी बनाएमा मात्र सरकारी संचारमाध्यम बलियो बन्ने उहाँको भनाइृ छ ।