एक सय १९ वटा स्थानिय तहलाई एमुलेन्स र दमकल

हेटौंडा । तीन नंम्बर प्रदेश सरकारले यस प्रदेशका नगर क्षेत्रमा दमकल र गाउँपालिकाहरुमा एमुलेन्स दिने भएको छ । प्रदेशका एक सय १९ वटा स्थानिय तहहरु मध्यमा गाउँपालिकाहरुमा एमुलेन्स र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा दमकल दिने भएको हो । यो सहायता प्रदान गर्नका लागि तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज सबै स्थानिय तहहरुलाई एमुलेन्स र दमकलको आबस्यक्ताका बारेमा बिबरण उपलब्ध गराउन माग गरिएको तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
अहिलेपनि गाउँमा एमुलेन्स नभएका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता कायमनै छ यसलाई मध्यनजर गरेर प्रदेश सरकारले गाउँपालिकालाई केन्द्रीत गरेर एमुलेन्स सेवा दिन लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । गाउँपालिकाहरुले आबस्यक्ताका आधारमा प्रदेश सरकारलाई माग गरेपछी एउटा गाउँपालिकाले एउटा एमुलेन्स प्राप्त गर्नेछन् । त्यसैगरी नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आगलागी भएको समयमा तत्काल आगलागी नियन्त्रण गर्न सकियोस भन्ने उदेस्यले दमकल दिन लागिएको उहाँले बताउनुभयो ।
अहिलेपनि पछी थपीएका नगरपालिकाहरुमा दमकल अभाबका कारण आफ्नो नगरमा कतैबाट बोलाएर बल्ल आगलागी नियन्त्रण गर्नुपर्ने बाध्यता रहेको छ । त्यही बाध्यतालाई मध्यनजर गरेर प्रदेश सरकारले दमकल दिनका लागि सबै नगरक्षेत्रमा दमकल दिने निणय अनुसार माग गरिएको हो । गाउपालिका र नगरक्षेत्रमा एमुलेन्स र दमकलको केकति आबस्यक्ता हो त्यसको बिबरण उपलब्ध गराउन प्रदेश सरकारले माग गरेको छ ।