हेटौंडा सिमेन्टको मजुवा खानीमा जथाभावी चुनढुंगा उत्खनन् गरेको भन्दै स्थानीय आन्दोलित

मकवानपुरगढी गाउँपालिकाको वडा नं. ५ मा रहेको मजुवा खानीमा चुनढुंगा उत्खनन् जथाभाबि रुपमा भएको भन्दै स्थानिय वासिन्दाहरुले तीन दिन देखि खानीबाट चल्ने टिफरहरु बन्द गरेका छन् । हेटौंडा सिमेन्ट उद्योग, निर्माण कम्पनि र स्थानिय बिच भएका सहमती पुरा नगरेसम्म खानी चल्न नदिने स्थानियले बताएका छन् । खानीमा जथाभाबि रुपमा निकालीएको ओभरबटम ब्याबस्थापन नगरेसम्म सडक नखोल्ने चेतावनी दिदै हिजोबाट सडक बन्द गरेका हुन् ।
मजुवा खानिमा चुनढुङगा निकाल्नका लागि निस्कीएको सबै ओभरबटम ब्याबस्थापन नहुन्जेल सम्म खानी चल्न नदिने भन्दै गढी गाउँपालिका वडानंम्बर ५ ज्यामिरेमा सडक बन्द गरेर आन्दोलन गरेका हुन् । खानी उत्खनन्मा ठेकेदारले लापर्बाही गरेको भन्दै स्थानीयले आन्दोलन गरेका छन् । मजुवा खानी संघर्ष समितिको नेतृत्वमा मजुवा खानीमा चुनढुंगा उत्खनन् गर्दा ओभरवटम जथाभावी फालेको भन्दै आज सोमबार स्थानीयले आन्दोलन गरेका छन् । स्थानीयले खानीको चुनढुंगा ढुवानी गर्ने टिपर चल्न रोक लगाएका छन् । स्थानीयले सोमबार देखिनै स्थलगत अनुगमन गर्दा ओभरवटम जथाभावी फालेको पाएपछि आन्दोलन सुरु गरेको संघर्ष समितिका सचिव इन्द्रजित देवकोटाले जानकारी दिए । स्थानीयले लोड गरेका टिपरलाई छोडेपनि खाली टिपर खानी क्षेत्रमा जान रोक लगाएका छन् ।
केही दिनअघि जिल्ला समन्वय समितिको स्थलगत अनुगमनले खानी क्षेत्रमा जथाभावी ओभरवटम फालेको भन्दै त्यसलाई तत्काल रोक्न हेटौंडा सिमेन्टलाई पत्राचार गरेको थियो । तर, ठेकेदारलाई स्थानीयलगायतका सम्बन्धित निकायले ओभरवटम जथाभावी नफाल्न गरेको आग्रहको ठेकेदारले वेवास्ता गर्दै आएका छन् । खानी क्षेत्रमा जथाभाबि उत्खनन् गर्दा यस क्षेत्रका उक हजार २ सय परिवार प्रतक्ष रुपमा जोखीममा परेका छन् । एक दर्जनजती संघसंस्था प्रभाबित भएका छन् ।