अमेरिकी गायिका केटी पेरीको हातमा संस्कृत भाषामा ट्याटू, के हो अर्थ ?

जनपत्र
५ आश्विन २०७७, सोमबार ०६:४६

अमेरिकी गायिका केटी पेरीले आफ्नो हातमा संस्कृत भाषामा ट्याटु खोपाएकी छन् । उनको हातमा ‘अनुगच्छतु प्रवाहं’ भनी ट्याटू खोपिएको छ । यसको अर्थ हुन्छ– प्रवाहसँगै जानु । अंग्रेजीमा गो विथ द फ्लो भन्ने अर्थ हुन्छ ।

पेरीलाई भारतवर्षको संस्कृतिमा अत्यन्तै रुचि छ । उनका साथी कलाकारहरू बियोन्से र टेलर स्विफ्ट जस्तै उनी भारतीय परम्परा र भोजन भनेपछि हुरुक्कै हुन्छिन् । भारत भ्रमणका क्रममा उनले राजस्थान पुग्दा महिलाहरूले हातभरि चुरा लगाएको देखिन् । अनि महिलाले निधारमा लगाउने टीकाले पनि उनलाई आकर्षित गर्‍यो । त्यसपछि उनले हातमा ट्याटू खोपाउने निर्णय लिएकी थिइन् ।

हातमा ट्याटू खोपाएर उनले कठोर मेहनत गर्ने अनि कलालाई समयप्रवाह अनकूल अघि बढाउँदै लग्ने गर्दा सुखद परिणाम आउने सन्देश दिन खोजेको बताएकी छन् । पेरीका पूर्वप्रेमी रसल ब्रान्डले पनि हातमा अनुगच्छतु प्रवाहं लेखेको ट्याटू खोपाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*