ला लिगामा रियल म्याड्रिडले औसत सुरुवात !

ला लिगामा रियल म्याड्रिडले औसत सुरुवात गरेको छ । गएराती सम्पन्न लिगको पहिलो खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग बराबरीमा रोकिएको छ । सोसीयडाड र रियल म्याड्रिड बिना कुनै गोल बराबरीमा रोकिएका हुन् ।
म्यानचेस्टरसिटीबाट सोसीयडाड पुगेका डेभिड सिल्भाले पनि ला लिगामा डेभ्यु गरेका छन् । कोरोना संक्रमित भएपछि निको भएका सिल्भाले सम्ब्सिच्युटको रुपमा डेभ्यु गरेका थिए । ला लिगाको इतिहासमा रियल आफ्नो पहिलो खेलमा बराबरी खेलेको छैठौ पटक हो । अब म्याड्रिडले आगामी शनिबार रियल बेटिसविरुद्ध खेल्दै छ ।