शहिदलाई सम्झदै राष्ट्रिय फुटबल

हेटौंडा । देशमा बिभीन्न खाले आन्दोलनका शहिदहरुलाई सम्झने क्रममा मकवानपुरमा भने शहिदहरुलाई रोष्ट्रिय फुटबल प्रतियोगिता गरेर सम्झिएको छ । २०६४ सालपछी अहिले दोस्रोपटक शहिदहरुको संझनामा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । यो प्रतियोगिताको उध्घाटन्का अबसरमा शहिदहरुलाइृ सबैले एक पटक सम्झीए भने हेटौंडामा खेलकुदको रंगसालाको अभाब पनि भएको सबैले महसुस गर्न भ्याए । यसभन्दा अगाढी अहिलेका हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा भएको सहिद स्मृति फुटबल प्रतियोगिता दोस्रो पटक खेलाएको हेर्न पाउँदा मेयर महत पनि हर्षित हुनुभयो ।
बासले बाधेर बनाइएका प्याराफिटबाट रमाएर हेरिरहेका दर्सकको उत्साह देखेपछी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि अब बाँशका प्याराफिट हैन रंगशाला भित्रको सुबिधाबाट खेल हेर्न सक्ने बनाउने बताउनुभयो । प्रदेश नंबर ३ का मुख्उमन्त्री डोरमणी पौडेलले हेटौँडा वडा नंबर ४ मा रहेको हुप्रचौरलाई सानो प्याराफिट सहितको सानो भएपनि मैदान निर्माण गरिने बताएका छन् । जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपमा बोल्दै उनले फुटबलको विकासको लागि प्रदेश नंबर ३ सरकार तथा हेटौँडा उपमहानगरको सहकार्यमा उक्त मैदान निर्माण हुने बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले केहि समय अघि फुटबलको महारथिको रुपमा रहेको मकवानपुर अहिले त्यस्तो अवस्थामा नरहेको भन्दै उनले अब मकवानपुरलाई पुन पहिलेको अवस्थामा ल्याउन आफुहले काम गर्ने बताए ।
हेटौँडामा रहेको गौरिटारमा रंगशालाले नयाँ मुहार फेर्ने बताउँदै उनले । गौरिटारको रंगशाला अन्तराष्ट्रिय स्तरको बनाउने बताए । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राईले अहिलेको खेललाई सबैले निरन्तर्ता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नंबर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले खेल मानसि, शारिरिक तन्दुरुस्तीका लागि भएकाले सबैले यसमा निरन्तर्ता दिनुपर्ने बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फुलबल खेललाई निरन्तर्ता दिदै भब्य रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षासेवी पुरनबहादुर जोशी, जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष माधब तिमल्सीना, मकवानपुर बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानिया, खेल संयोजक प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको हो ।