फूल र फलफूलले ढकमक्क बन्दै हेटौंडा

हेटौंडाका ११ वटा सडकमा ४ हजार २ सय फुल र फलफुलका बिरुवा रोपियो
हरि हुमागाई
८ चैत्र २०७५, शुक्रबार ०६:१७

हेटौंडा । फराकिलो कान्तिराजपथको सडक । बिचमा लामो डिभाईडर । डिभाईडरमा फुलेका सयपत्रि, निलजाई फुल, अशर्फि, घण्टेफुल, रातो पाते लगायतका बिभीन्न जातका फुलहरु । कान्तिराजपथको कल्भर्ट देखिबाट मुख्य बजार सम्मको रोडको बिच डिभाईडरमा हरियो हाँगामा फुल फुलिरहेका छन् भने केही पहेलपुर फुल फुलिरहेका छन् । यो सडकमा मात्र बिभीन्न प्रजातीका फुलैफुलले हेटौंडा बजारलाई थप सुन्दरता दिएको छ । बजारमा रोपिएका फुल वरीपरी बसेर फोटो खिचेर समाजिक संजालमा हाल्ेहरु पनि अहिले बढेका छन् ।
हेटौंडा उपमहानगरपालिकाले नगरको मुख्य बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने अनी आसपासका क्षेत्रमा सडकको दायाँ बायाँ फुल र फलफुल रोप्ने अभियान स्थानिय तहमा जनप्रतिनिधि बिजयी भएर आएपछी सुरुवात भएको हो । दुईबर्षको अबधिमा हेटौंडाको कान्तिराजपथ संगै नगरपालिका रोडको दक्षिण तर्फको कार्यालय अगाढी देखि मकवानपुर क्याम्पस सम्मको सडकमा पनि बिभीन्न प्रजातीका फुलहरुले ढकमक्क भएको छ । आफु निर्बाचित भएर आएपछी हेटौंडा बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मुल सडकमा फुल र फलफुलका बिरुवाहरु रोपीएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । अहिले आफु उपमेयर हुँदाको समयमा दुई कार्यकालमा मुख्य सडकमा हरिया असोकका रुख रोपेर अहलिे भएको हरियाली शहरलाई अब फुल र फलफुलले ढकमक्क बनाएर थप सुन्दर बनाउने उहाँले बताउनुभयो ।

सडक फराकिलो बनाउने, नालीप् र फुटपाथ बनाउने काम संगै अहिले हेटौंडाको मानसचोक देखि मकवानपुर क्याम्पस सम्म, सानोपोखरा कलभर्ड देखि पिप्लेचोक सम्मका दुबै तर्फको पेटीमा, स्कुलरोड चोक देखि भैरबचोक सम्मका दुबै पेटीमा, पारीजात पथको तायलब्रदरचोक देखि कबर्डहल सम्मको दुबै तर्फका पेटी, पिपलबोट देखि संगमचोक सम्मको दुबै तर्फको पेटी, भैरबरोड कान्तिराजपथचोक देखि जोसी नर्षरी सजाने चोक सम्मका दुबै तर्फ, देबिहल रोडको दुबै तर्फको सडक पेटी, माछा प्लानको क्षेत्रमा मानब सेवा आश्रमको क्षेत्रमा २७ प्रजातिका बिरुवाहरु रोपीएको मेयर महतले बताउनुभयो ।
यी सडकको दायाँ बायाँगरी दुई बर्षको अबधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपीएको बताउँदै उहाँले भन्नुभयो–म धेरै देश घुमे हेरे त्यहाँका कुनै पनि शहरको सुन्दरता भनेको फराकिलो सडक संगै त्यसका वरीपरी फुलै फुलको सुन्दरता देखे त्यसपछी हेटौंडालाई पनि बिकसीत शहरको रुपमा किन बिकाश नगर्ने भनेर फुल र फलफुल रोप्न सुरु गरेको हुँ ।’ हेटौंडाका सडक पेटीमा सिजनेबल फुलका बिरुवाहरु १ हजार ६ सय ५६ बोट, जुनसुकै समस्यमा फुल्नेगरी दिगो रुपमा फुल्नसक्ने फुलहरु २ हजार २५ बोट, बिभीन्न सडकमा गरी ५ सय ७५ फलफुलका बिरुवाहरु रोपीएको छ ।
उपमहानगरपालिकाले रंगुन बिरुवा एक सय ५० बोट, असारे बोट १६ वटा, मुसुण्डा १ सय २९ वटा, करबिर ९९ वटा, कल्लि एक सय १८ वडा, बेगमबेली १ सय २५ वटा बिरुवा, असोकका २० वटा, समिका २१ वटा, अलमण्डका ५० वटा, भुईफुल एक हजार ५० वटा, डालिया २ सय ३० वटा फुल रोपीएको छ । त्यसैगरी अशर्फि ५० वटा, सयपत्रि ३ सय ७६ वटा, गमला सेट फुल सहित १० सेट, निलजाई २ सय २५ बोट,कामिनी एक सय बोट, रोजमेरी २ बोट, घण्टेफुल ५० वटा, गुलमोहर एक सय ५ बोट, क्युफिया ३ सय बोट, रातो पाते ५० बोट, निलकाँडा ३ सय वटा, आँप ५ सय वटान बोट, अमला २५ बोट, म्याङगो स्टीक ५० वटा बिरुवा रोपीएको मेयर महतको भनाई छ ।
यी सबै बिरुवाहरु हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोढमेल गर्ने लगायतका कामहरु गरिदै आएको छ । समयमानै पानी हाल्न नसक्दा केही बिरुवाहरु मरेपनि अधिकांश बिरुवा हुर्की सकेको छ । आफुहरुले सडकको दायाँ बायाँ रोपीएका बिरुवाहरु हुर्काउन, बढाउन स्थानिय ब्यापारी र घरधनीको समेत समय रहेको बताउँदै मेयर महतले भन्नुभयो–बजारको सुन्दरता बढ्दा घरधनीको घर र अगाढीका पसलको पपनि सुन्दरता बढ्छ । त्यसैले आफ्ना घरअगाढी रोपिएका बिरुवा हुर्काउनका लागि नगरबासीको पनि दायित्व भएकाले यसमा लाग्न आग्रह गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*