शिबम शिमेन्ट, रिद्धी सिद्धी सिमेन्ट र हेटौंडा सिमेन्टका खानीमा जथाभाबि उत्खनन्

तीन उद्योगको खानीका कारण चार गाउँपालिकाका हजारौ परिवार प्रभाबित
हरि हुमागाई
७ चैत्र २०७५, बिहीबार १७:१३

हेटौंडा । हेटौंडामा संचालित ठुला तीन वटा सिमेन्ट उद्योगका खानीका कारण हजारौ परिवारले समस्या भोग्दै आएका छन् । हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योग, हेटौडाको चुरीयामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग र हेटौंडाको लामसुरेमा संचालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले आफ्ना खानीहरु जथाभाबि रुपमा उत्खनन् गर्दा स्थानिय वासिन्दाहरु त्रासमा बस्न बाध्य भएका छन् । उद्योगलाई चाहिने कच्चा पदार्थ चुनढुबगा खानीमा उत्खनन् गर्दा बिना प्राबिधिक एक्साभेटर चालकलाईनै ईन्जिनियर बनाएर जथाभाबि रुपमा खानीमा उत्खनन् गर्दा स्थानिय वासिन्दाहरु सधै त्रासमा बस्न बाध्य भएका छन् ।

शिबम सिमेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा र बुढीचौरमा संचालन गरेको छ । त्यसैगरी चुरीमाईमा भर्खरै संचालनमा आएको रिद्धीसिद्धी सिमेन्ट उद्योगले भिमफेदी गाउँपालिकाको भैसे र कैलाश गाउँपालिका वडानंम्बर ४ लिच्चेडाँडामा रहेको गुराश सिमेन्ट उद्योगको खानीबाट चुनढुंगा उत्खनन् गरेर ल्याउने गरेको छ । यता हेटौंडा सिमेन्ट उद्योगले गढी गाउँपालिका वडानंम्बर ५ मजुवाखानी र भिमफेदीको भैसे खानीबाट चुनढुंगा उत्खनन् गरेर ल्याउने गरेको छ । सब उद्योगका खानी ब्यबस्थित रुपमा संचालन नहुँदा स्थानियका समस्यै समस्या आफुकहाँ आएर ठोकिने गरेको जिल्ला समन्वय
समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल बताउनुहुन्छ । तीन वटा सिमेन्ट उद्योगको खानीका कारण मकवानपुर गढी गाउँपालिका, भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सीराब गाउँपालिकाका हजारौ परिवार प्रतक्ष रुपमा प्रभाबित भएका छन् । यता शिबम र हेटौंडा सिमेन्ट उद्योगको खानीका कारण हेटौंडा उपमहानगरपालिकाका वासिन्दाहरुलाई पनि बर्षायाममा समस्या पर्ने देखिन्छ । तीन वटै उद्योगले खानी बिभागसंग गरेको संझौता पालना नगर्दा स्थानियहरुले समस्या बेहोर्न बाध्य भउको पिडीतहरुको गुनासो छ ।

तीन वटै सिमेन्ट उद्योगले ठुला उद्योग संचालन गर्ने र खानीमा उत्खनन् गर्दा जथाभाबि रुपमा उत्खनन् गरेकै कारण स्थानियहरु बषौ अघिदेखि समस्या भोग्दै आएका छन् । खानीकै समस्याका कारण हजारौ परिवार प्रभाबित हुने भएपछी
हेटौंडा सिमेन्ट उद्योगको मजुवा खानी अनुगमन गरिएको, शिबम सिमेन्ट उद्योगको खानिका कारण सुकौराको बस्ति जोखिममा परेको गुनासो बढेपछी दुबै उद्योगलाई सचेत गराइएको प्रमुख खुलालले बताउनुभयो । यता चुरीयामाईमा
संचालनमा आएको रिद्धी सिद्धी सिमेन्ट उद्योगले गुराश सिमेन्ट उद्योगको खानी कैलाशको लिच्चेबाट चुनढुंबगा उत्खनन् गर्दा यसक्षेत्रका धेरै परिवारलाई प्रभाबित पार्ने गरेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो ।
खानीवरपर निकै प्रभाबमा पारेको उहाँको भनाई छ । रिद्धि सिद्धी सिमेन्ट उद्योगको आफ्नै खानी राक्सीराब गाउँपालिका वडानंमबर ४ गिबगुमा रहेको छ । यस खानीसम्म उद्योगले सडक पनि पु¥यायो तर स्थानिय वासिन्दाहरुलाई खानीका
कारण निकै प्रभाबित पार्ने भएपछी अहिले सम्म खानीमा उत्खनन् गर्न दिइएको छैन । त्यसैले कैलाशबाट जथाभाबि रुपमा खानी उत्खनन् गर्दा गतबर्ष पनि अहिले गाउँपालिका भएको पर खोलानै पहिरो लडेर छेक्दा समस्या सृजना भएको र यो
बर्षपनि समस्या सृजना हुने अध्यक्ष मोक्तानले बताउनुभयो । अरबौ रुपैयाँ लगानीमा सिमेन्ट उद्योग खुल्ने तर आफुलाई चाहिने मुख्य कच्चा पदार्थ चुनढुबगा खान िउत्खनन्मा शिबम सिमेन्ट उद्योग, रिद्धी सिद्धी सिमेन्ट उद्योग र हेटौैडा सिमेन्ट उद्योगले कुनैपनि चासो दिएका छैनन् । खानी प्रभाबित क्षेत्रमा धेरै कराउनेलाई जागिर दिने, युवाहरुलाई अनाबस्यक भत्ता दिने तर खानी बिभागमा संझौता गरेअनुसारको उत्खनन्मा चासो नदिएका कारण तीन वटै उद्योगको खानी क्षेत्रका वासिन्दाहरु प्रभाबित बन्दै आएका छन् ।

बर्षायाम लाग्ने बित्तीकै घरनै छोडेर भाग्नुपर्ने बाध्यता भएको मकवानपुर गढी गाउँपालिका वडानंम्बर ५ ज्यामिरेका भरत प्रसाद फुयाल बताउनुहुन्छ । खानीमा चुनढुंगा उत्खनन् गर्दा ५ प्रतिशत चुनढुंगा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुबगा, गिट्टी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने बाध्यता छ । तर त्यसलाई तीन वटै सिमेन्ट उद्योगले जथाभाबि रुपमा फाल्दै आएका छन् । खानी प्रभाबित वासिन्दाहरुको गुनासो एउटा उद्योग क्षेत्रको मिलायो अर्कोको सुरु हुने अर्कोको मिलायो फेरीको अर्कोमा समस्या देखापर्ने गरेको समन्वय समितिका प्रमुख खुलाल बताउनुहुन्छ ।
उद्योगका खानीकै कारण हजारौ परिवार प्रभाबितथ भएपनि उद्योगीहरु भने यस्ता कुरा स्वीकार गर्न चाहदैनन् । हेटौंडा सिमेन्ट उद्योगका प्रमुख प्रेमशंकर सिब भने आफुहरुले तोकिएको क्षेत्रमा मात्र उत्खनन् गरेर चुनढुंबगा ल्याएको दाबि
गर्नुहुन्छ । गाउलेलाई प्रभाबित पार्ने काम उद्योगबाट नभएको दाबि उहााको छ । खानी क्षेत्रमा अनुगमनका क्रममा ओभरबटमको ब्याबस्थापन नभएको, जथाभाबि रुपमा खनेको, बस्ति प्रभाबित पार्ने स्थानमा खनेको भनेर हेटौंडा सिमेन्ट उद्योग र चुनढुंगा उत्खनन् गर्ने ठेक्का पाएको ओमसाई कन्ट्रकसनलाई सचेत गराईको नियम पालना नगरे खानी बन्द गर्नुपर्ने समन्वय समितिका प्रमुख खुलाल बताउनुहुन्छ । यता शिबम मिसेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा,
बुढीचौर र आमभन्ज्याबका वासिन्दाहरु संग खानी ब्यबस्थित रुपमा संचालन गर्ने भनेर धेरैपटक लिखीत सहमती गरेको तर कार्यनयन भने नगरेको स्थानिय वासिन्दाहरु को गुनासो छ । निजी उद्योगहरुले बर्षमा अराबौ रुपमा नाफा कमाउने तर निजी
स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर बिस्थापीत गर्न लागिएको भन्दै बिरोध गरिएको स्थानियले बताएका छन् । उद्योगलाई कडाई गनुपर्ने सरकारी निकाय, स्थानिय प्रशाशन यस बिषयमा चुप बस्दा झनै समस्या भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*