वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०६:१४

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यको पदमा नेकपा उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*