जब कुखुराको फौजले स्यालको हत्या गर्यो

जनपत्र
७ चैत्र २०७५, बिहीबार १६:२८

आपसमा एकजुट हुने हो भने जतिसुकै खतरनाक शत्रु पनि पराजित हुन्छ भन्ने यथार्थ नै हो । हालै फ्रान्समा एउटा घटनाले यसको पुष्टि गरेको छ । स्यालले कुखुरा मारेर खाएको भए सायद त्यो समाचार बन्ने थिएन । तर जब कुखुराहरुले स्यालको हत्या गर्दछन्, त्यो केवल समाचार मात्र बन्दैन, त्यो मानिसहरुका लागि समेत गतिलो शिक्षा बन्दछ । उत्तर पश्चिमी फ्रान्सको घटना हो यो । त्यहाँ एकदिन एउटा कुखुरा फर्ममा स्याल घुस्यो, कुखरा मारेर खाने मनसायका साथ । तर विचार त्यो स्यालले कुखुरा खान त पाएन नै उल्टै कुखुराहरुको सामूहिक हमलाबाट ज्यान नै गुमायो । खोरभित्र छिरेको उक्त स्यालमाथि कुखुराहरुले एकसाथ समूहमा आक्रमण गरे । त्यहाँ झण्डै ३ हजार भाले तथा पोथी कुखुराहरु थिए । कुखुराले भित्र छिरेको स्याललाई तत्कालै घेरे र ठोँडले घोच्दै तथा नङ्ग्राले चिथोर्दै आक्रमण गर्न थाले । कुखुराको लगातारको आक्रमणबाट स्यालको मृत्यु भयो । अर्को दिन उक्त फर्मभित्रै स्यालको लास फेला परेको थियो । उसको सरीरमा कुखुराको आक्रमणबाट बनेका गम्भीर चोट थिए ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*